रमेश उप्रेतीको धमाकेदार ‘कम ब्याक’ [हेरौँ हल रिपोर्ट सहित]

इनेप्लिज २०७४ कार्तिक १२ गते ४:३५ मा प्रकाशित

नेपाली सिने क्षेत्रमा चलचित्र प्रदर्शनमा आउनु पूर्व नै उसको चर्चा ब्यापक हुने गरेका उदाहरण थुप्रै छन् । प्रदर्शनमा आाउनु पूर्वनै चलचित्रका अनेकन पक्षलाई उठान गरेर केहि न केहि नयाँपन दिन खोजिन्छ र प्रदर्शनमा आउनु पूर्वनै दर्शकका लागि उक्त चलचित्र निकै प्रतिक्षाको घडी बनिदिन्छ । यस्तै मध्यको एक चलचित्र हो विहिवार देखि रिलिज भएको ऐश्वर्य । रमेश उप्रेतीको ‘कम ब्याक’ दर्शकका लागि मुख्य रहस्य बनेको यो चलचित्रले पनि प्रदर्शनमा आउनु पूवै उत्तिकं हंगामा पिट्यो । लामो समय सम्म रजतपटबाट पाखा लागेका रमेश उप्रेतीको कमब्याक उनका पुराना फ्यानहरुका लागि निकै उत्सुकताको बिषय बन्न पुग्यो । त्यसोत, यो चलचित्रमा समाबेश भएको गीतले पनि चलचित्रको चर्चामा मलजल गरेकै हो । भने उच्च प्रविधीको प्रयोग गरिएको भनेर चलाईएको चर्चाले पनि दर्शकहरुलाई उत्सुकता थपिदियो ।

रमेश उप्रेतीको प्रस्तुती रहेको यो चलचित्रमा रमेशसंगै दिपीका प्रसाईको प्रस्तुतीलाई दर्शकले ‘उत्कृष्ट’ जोडिका रुपमा पाएका छन् । प्रशान्त ताम्राकारको खलनायकको भुमिकालाई दर्शकहरुले उत्तिकै उच्च मार्किङ गरिदिएका छन् भने केकी अधिकारीको प्रस्तुतीले पनि दर्शकहरुका लागि निकै चाख पूर्ण र रमाईलो बनाईदिएको छ । दिवाकर भट्राईको लेखन तथा निर्देशन रहेको ऐश्वर्यको निर्माण अर्जन श्रेष्ठ र किरण राना उप्रेतीले गरेका हुन् । चलचित्र वैश्णेदेबी फिल्मको ब्यानारमा निर्माण भएको हो ।

रमेश उप्रेतीको बेजोड ‘कमब्याक’को अपेक्षामा रहेका दर्शकहरुलाई रमेश उप्रेतीको ‘कम ब्याक’ कत्तिको चित्त बुझ्यो । यानीकी नेपाली चलचित्रमा उनको पुनरागमन धमाकेदार बन्न सक्यो वा सकेन ? हामीले यो जान्न खोजेका छौँ । घोराही स्थित गणेश चित्रालयमा चित्रालयमा पुगेर दर्शकहरुको प्रतिकृया लिएका छौँ ।

प्रतिक्रिया