आफ्नो शरीरलाई नै पसल बनाएर मासिक तीस हजार कमाउछन यी युवा [ हेर्नुस भिडियो

इनेप्लिज २०७४ कार्तिक ८ गते १०:०९ मा प्रकाशित

नेपालमा प्रत्यक बर्ष ५ लाख भन्दा बढी युवा रोजगारीको सिलसिलामा बिदेशिरहेका छन । खाडी देश नै अधिकांश युवाहरुको पहिलो रोजाइमा पर्ने गरेको छ। खाडीको चर्को गर्मी र कडा परिश्रम हुने किसिमको काममा नेपाली युवाहरु आफ्नो श्रम र सीप खर्चिरहेका छन । यस्तो अवस्थामा उदयपुर कटारी स्थाई घर भएका केदार पोखरेल भने सम्पूर्ण नेपालीहरुको लागि उदाहरणीय पात्र बनेका छन।

पोखरेल आफ्नो मिहेनतबाट इमान्दारीपुर्वक जोश र जाँगरका साथमा नेपालमा नै आफ्नो शरीरलाई नै पसल बनाइ व्यापार गरिरहेका छन । लगनखेलको एउटा कोठा भाडामा लिएर बसेका पोखरेललाई विदेश जान मन नलागेको भने होइन तर घरपरिवारसँग पनि भेटघाट भइरहने र आफ्नो जीविकोपार्जन पनि चल्ने हुँदा बिदेशमा भन्दा स्वदेशमा नै केहि गर्नुपर्ने उनको तर्क छ ।

गाउँगाउँमा गएर व्यापार गर्दा कहिलेकाँही गुण्डाहरुले धम्काउने गरेतापनि अहिलेसम्म आफु भने त्यस्तो लफडामा पर्नुनपरेको उनले बताए । सरकारले मिहेनती युवाहरुको लागि केहि व्यवस्था गरिदिएदेखि पक्कै पनि लाखौ युवाहरु बिदेशिनु पर्ने थिएन। समयसमयमा विभिन्न नीति नियम तर्जुमा गरेतापनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारको यसतर्फ ध्यान जानु जरुरी देखिन्छ ।

हेर्नुस भिडियो:

प्रतिक्रिया