हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन्? वा, यसरी अंग्रेजी बोल्नुको पछाडि कुनै वैज्ञानिक कारण पनि छ?
हामीले लामो समयदेखि ‘मिथ’ बनाउँदै आएको रक्सी र अंग्रेजी भाषाबीचको यो सम्बन्ध हालै एक वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ। उक्त अनुसन्धानले भन्छ, ‘मान्छेले कुनै नयाँ भाषा सिकिरहेको छ भने सामान्य अवस्थामा भन्दा रक्सीको हल्का नसामा बढी धाराप्रवाह बोल्नसक्छ।’
भनेपछि, सामाजिक जमघट वा बीच बाटैमा रक्सीले मातेर अंग्रेजी बोल्नेहरू सामान्य नै रहेछन्। उनीहरूले त्यसो गर्नुमा वैज्ञानिक आधार रहेछ।
के हो त त्यो वैज्ञानिक आधार?
यो भिडियोमा हेर्नुस्:
प्रतिक्रिया