बर्षा र दीपा मक्खै, छक्का पन्जा-३ बारे यसो भन्छिन दीपाश्री (भिडियो सहित)
इनेप्लिज
२०७४ कार्तिक ३ गते ६:१२ मा प्रकाशित
कार्तिक ३ (सुवास संकल्प), ईटहरी,
यो बर्षको सुपरहिट फिल्म “छक्का पन्जा-२” यतिखेर प्रदर्शनकै क्रममा छ । हल रिलिज भएको चौथो हप्ता सम्म आईपुग्दा पनि फिल्मको ब्यापारमा राम्रै प्रगती भैरहेको छ । छक्का पन्जाले जस्तै छक्का पन्जा २ ले पनि केही रेकर्ड ब्रेक गर्न सफल भयो । फिल्म सुपरहिट भैइरहदा फिल्मका निर्देशक दीपाश्री निरौला र नायिका बर्षा राउत पुर्वका हलहरुमा दर्शक संगै फिल्म हेर्न आईपुगिन । यसै सिलसिलामा बर्षा र दीपा संग केही कुराकानी गरिएको थियो । जुन यहाँ राखिएको छ
अन्य फिल्म भन्दा फरक पहिरन र फरक क्यारेक्टर मा अभिनय गरेकि बर्षाले यसमा निकै मेहनत गरेकोले सफलता पाएकी भन्छिन दीपा । छक्का पन्जा २ बाट बिगतमा भन्दा डिमाण्डेड बनेकी नायिका बर्षा अबका दिनहरुमा जस्तो पायो त्यस्तै फिल्म नगरी हरेक कुराहरु बुझेर मात्रै फिल्म खेल्ने बताउछिन । यता निर्देशक दीपा भने यो पाली देखिएका र औल्याईएका गल्तिहरुलाई स्विकार्दै आगामी चलचित्र छक्का पन्जा ३ अझ उत्कृष्ट बनाउने बताईन ।
https://www.youtube.com/watch?time_continue=1&v=1BU9pIdZots
प्रतिक्रिया