रुद्रप्रियाको प्रिमियरमा पुगेका छवी र रेखाबिच यस्तो मनमुटावक [भिडियो सहित]

इनेप्लिज २०७४ असोज ३१ गते ८:४९ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर । नायिका तथा निर्मात्री रेखा थापाद्वारा निर्मित नेपाली चलचित्र रुद्रप्रियाको हिजो राजधानीको कुमारी हलमा भब्य प्रिमियर शो सम्पन्न गरिएको थियो। चलचित्र हेर्न नेपाली चलचित्र क्षेत्रका बिशिष्ट व्यक्तिहरुका साथै कलाकारहरु हरिबंश आचार्य, किरण के.सी, केकी अधिकारी, निता ढुंगाना, रिमा बिस्वकर्मा, अनुप बिक्रम शाही, विजय लामा, शिल्पा पोखेरेल, लगाएत निर्देशक मिलन चाम्स र हेम राज बि.सी सहितको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा नायिका तथा निर्मात्री रेखा थापाको पूर्वपति छविराज ओझा समेत उपस्थित भएका थिय। कार्यक्रममा छविराज ओझा रेखा थापासंग बोल्न खोज्दा रेखाले इग्नोर गरेकी थिइन। रेखासंग बोल्न खोज्दा रेखाले हरिवंश आचार्यतिर आफ्नो ध्यान खिचेर छविलाई इग्नोर गरेको प्रत्यक्ष देख्न सकिन्छ। सोही कार्यक्रममा पुगेकी शिल्पा पोखेरेलसंग भने रेखाले राम्रैसंग बोलेरे फोटो समेत खिचाएकी थिइन्। यो घटना पछि छवी लुसुक्क हल बाहिर निस्केका थिए र कार्यक्रममा उनि कतै देखिएनन्।

लामो समयसम्म वैवाहिक सम्बन्धमा रहेका छवी र रेखाबिच सम्बन्ध बिक्षद पश्चात पनि राम्रै सम्बन्ध रहेको चर्चालाइ यो घटनाले झुठो साबित गरेको छ। रेखा र छवी बिचको यो मनमुटावकले पानी बाराबारको स्थिति इंकित गरेको छ।

हेर्नुस भिडियो:

प्रतिक्रिया