छोराले बोझ मानेर मन्दीरमा छाडेको बुढी आमाको सन्तानप्रति यस्तो गहिरो र निस्वार्थ माया, हेर्नुस मनै रुवाउने यो भिडियो

इनेप्लिज २०७४ असोज २० गते १३:१४ मा प्रकाशित

आफूलाई जन्म दिने बाबुआमा भन्दा ठुलो यो संसारमा कोही हुँदैनन् । नौ महिनासम्म आफ्नो कोखमा राखेर हुर्काउने, बढाउने, पढाउने लगायतको कामहरु आमाले नै गर्नुहुन्छ । सबैको मुखमा आपत पर्ने बितिकै ‘आमा’ भन्ने शब्द फुत्किहाल्छ । चाहे गर्भमा होस्,चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले माया गर्ने ममतामयी आमा नै हुन् ।

सुख,दुःख, सफलता र असफलताको कडीको रुपमा आमालाई जहिले पनि सकारात्मक दृष्टिकोणले हेर्नुपर्दछ । बाँचुन्जेल आमालाई सम्मान गर्न नसक्नेले मरेपछि ‘मेरी आमा यस्ती र उस्ती’ भन्नेहरु पनि समाजमा प्रशस्त छन् । सम्पति हुन्जेल आमाबुबा, सम्पति नभएपछि बृद्धाश्रम पुर्याउने छोराछोरीहरु समेत हाम्रै समाजमा छन् ।

आधुनिक बन्न खोज्ने नेपाली समाजका छोराहरु नौ महिनासम्म आफ्नो कोखमा हुर्काएकी आमालाई बृद्धाश्रम र मन्दीरमा छाड्न रत्ति भर पनि हिचकिचाउदैनन । तर सन्तानप्रति आमाको माया कति गहिरो र निस्वार्थ हुन्छ त्यो बुझ्ने बेलासम्म धेरै ढिलो भइसकेको हुन्छ।

प्रतिक्रिया