दशैंको बेला झुपडीको घरमा यसरी पुगे हिमाल सागर (भिडियो सहित)

इनेप्लिज २०७४ असोज १० गते १५:२० मा प्रकाशित

काठमाडौं । नेपाली हिन्दुहरुको सबै भन्दा ठूलो चाड वडा दशैंले यति बेला पुरै छोपि सकेको छ । दशे विदेशमा रहेकाहरु आफन्त र अभिभावक भेट्न गाउँघरमा जम्मा हुने क्रलेले तिव्रता पाएको छ । ठाउँ ठाउँमा रोटे पिङहरु ठड्याईएका छन् । देशै भरी एक प्रकारको रमाईंलो माहौल छ तर गायक, संगीतकार, रचनाकार अनि निर्देशक लगायतका बहु प्रतिभाको पहिचान बनाएका हिमाल सागर हिङमाङको भने दशैं झुपडीको घरमा बित्ने भएको छ । अर्थात उनले यसभन्दा अगाडी चर्चामा ल्याएको झुपडीको घरमा नामक गितको अर्को सिक्वेलको रुपमा यसपाली झुपडीको घरमा २ लिएर श्रोता दर्शक माझमा आएका छन् ।

हिमाल सागर हिङमाङ आफैं लया तथा शब्द रचना गरेका उक्त गीतमा पार्वती कार्कीले उनलाई स्वरमा साथ दिएकी छिन् । के.बी. भण्डारीले एरेञ्ज गरेको उक्त गीतको भिडियो समेत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा राज सुन्दास, कञ्चन सुन्दास, नारायण सावित र सुप्रिया सुवेदीको अभिनय रहेको छ । भिडियोको छायाँकन, सम्पादन र निर्देशन समेत हिमाल सागर हिङमाङ स्वयमले गरेका छन् । गणेश कुमार हिङमाङले पूस्तुत गरेको यस गीतको बजार व्यवस्थापन भने अपार क्रियसन प्रा.लि.ले गरेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् :

https://www.youtube.com/watch?time_continue=1&v=gNxmK9vDuvU

प्रतिक्रिया