काठमाडौँ : नेपालीहरुको महान चाड बडा दशैँ नजिकिदै गरेको अबस्थामा सस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ यहि भदौ २८ गते बुधवारदेखि असोज ११ गतेसम्म किर्तिपुरको नया बजार खेलकुद मैदानमा हुने भएको छ l सधै सामाजिक कार्य तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक शान्ति नेपाल सस्थाले यसपाली भने राईज म्युजिक प्रालि, राजकमल महर्जन तथा शशिर महर्जनको संगको संयुक्त आयोजनामा उक्त तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ आयोजना गर्न लागेको हो l शुक्रवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट तेस्रो पटक आयोजना हुने, यो महोत्सवलाई सांस्कृतिक महोत्सवको रुपमा सञ्चालन गरिने जानकारी गराइयो ।
किर्तिपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र किर्तिपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले दिए l राइज म्युजिकका बिनोद सिंहका अनुसार महोत्सवमा कीर्तिपुर नगरपालिकाका १ं० वटा वडाका लागि एक–एक वटा स्टलहरुको फ्री व्यवस्था गरिएको छ । ती स्टलमा कीर्तिपुरको मौलिकता झल्कने सामाग्रीहरु प्रदर्शन गरिने छ । महोत्सव दसैंको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राज कमल महर्जनले बताएका छन् । महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ ।
उक्त मेलामा सय सय पचास भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा निशुल्क स्वास्थ्य सिबिर रहने साथै मेलामा प्रवेश शुल्क निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ l
तेस्रो किर्तिपुर कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए, साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान पनि गरेका छन् l औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का,महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा बिनोद जैसवालको संयुक्त कमिटिले उक्त तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ को सम्पूर्ण व्यस्थापन गर्ने समेत जानकारी गराईएको छ l
प्रतिक्रिया