टिकट बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट, रणभूमी बन्यो पार्टी कार्यालय (भिडियो)

इनेप्लिज २०७४ भदौ २१ गते ११:२८ मा प्रकाशित

उम्मेदवार छनौटको विवादले नेपाली कांगे्रसको जिल्ला पार्टी कार्यालय सिरहामा कुटाकुट भएको छ । मेयरको टिकट पाएका डा । सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । सिरहा नगरपालिका पूर्वउपमेयर एवं जिल्ला सचिव उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्ष दाबी गर्दै आएका थिए । हेर्नुहोस कांग्रेस पार्टी कार्यालय कसरी रणभुमी बनेको थियो भिडियो ।

https://www.youtube.com/watch?time_continue=6&v=GqggLpp93As

प्रतिक्रिया