न्यूयोर्क शहर ब्रूकलिन बोरोह अध्यक्ष द्वारा सामाजिक अभियन्ता डा. विष्णुमाया परियार सम्मानित भएकी छिन् l परियारलाई अध्यक्ष एरिक एल एडम्स ले एक कार्यक्रममा सम्मान गरेका हुन् l
समुदायमा बिशिष्ठ योगदान तथा अनुकरणीय नेतृत्व प्रदान गरेकोमा उनलाई सम्मान गरिएको छ l उक्त पुरस्कार पाकिस्तानी अमेरिकन युवा समाज ब्रुकलिन न्युयोर्कले आयोजना गरेको सामुदायिक सम्मान पुरस्कार वितरण समारोहमा गरिएको हो l
डा. परियारको संस्था एड्वानले सन् १९९८ देखि हाल सम्म नेपालका बिपन्न र दलित समुदायका १४ हजार ९ सय ३४ बालबालिकाहरुलाई शैक्षिक सहायता गर्न सफल भएको छ भने ३४ हजारभन्दा ज्यादा महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित पुराउँदै आएको छ ।
प्रतिक्रिया