राहत नपाएका कारण जनजीवन अस्तव्यस्त

इनेप्लिज २०७४ असार २५ गते ९:३५ मा प्रकाशित

काठमाडौँ, २५ असार । सप्तरीका बाढीपीडितले राहत नपाएका कारण जनजीवन अस्तव्यस्त भएको आज यहाँ आयोजित कार्यक्रममा जनाइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सप्तरी पुगेर पीडितको नामावली सङ्कलन गरी काठमाडौँ आइपुगेको ‘सेभ द लाइफ फाउन्डेसन’ नामक संस्थाले आफूहरुले ८६ घरपरिवारको नामावली सङ्कलन गरेको जानकारी दिएको छ ।
सो संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले बाढीबाट उनीहरुको घर तथा खेत बगाएकाले रकम, औषधि, लत्ताकपडा र खाद्यान्नको सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया