भर्जिनियाको लाउडन काउन्टीमा मुसलमानी मूलकी १७ बर्षिय किशोरीको शव फेला

इनेप्लिज २०७४ असार २१ गते १३:५६ मा प्रकाशित

अमेरिकाको भर्जिनियाको लाउडन काउन्टीमा मुसलमानी मूलकी १७ बर्षिय किशोरीको शव फेला परेको छ l केहि समय अगाडी भर्जिनियाको फेयर फ्याक्स शहरमा १७ बर्षिय किशोरी आक्रमणको शिकार भएकी थिइन् l त्यस पछि उनि हराएको सूचना उनका परिवारले प्रहरीलाई दिएका थिए l प्रहरीले व्यापक खोजि गरे पछि आइतबार दिउसो उनको शव एक पोखरीमा फेला पारेको जनाएको छ l

उनलाई मस्जिद जाने क्रममा आक्रमण गरिएको थियो l हत्याको आरोपमा संदिग्ध व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ l उनको शव भर्जिनियाको स्टर लिङ्ग को एक पोखरीमा फेला परेको थियो भने उनि भर्जिनियाको रेस्टन शहर बाट हराएकी थिइन् l

गत आईतबार भर्जिनियामा स्थित अल डलस मुस्लिम सोसाइटी केन्द्रमा अन्य साथीहरु संग जाने क्रममा कार मा झगडा भएको थियो भने उक्त पुरुषले आक्रमण गरे पछि उनि छुट्टीएकि थिइन् भनि प्रहरी प्रवक्ताले जनाएकी छिन् l

उनको नाम आधिकारिक रुपमा सार्वजनिक रुपमा प्रकशित नगरेता पनि उनि नाब्रा हस्निन रहेको एनबिसी ४ ले समाचारमा उल्लेख गरेको छ l उनको शव खोज्ने क्रममा त्यसै क्षेत्र सेरोफेरोमा सन्देह मुलक प्रकारले सवारी साधन चलाएको आरोपमा २२ बर्षिय डार्विन मार्टीनेज लाई पक्राउ गरेको छ l

र आधिकारिक पूर्ण बिबरण सहित प्रहरीले पत्रकार भेटघाट कार्यक्रम मार्फत थप जानकारी दिने भएको छ भने यस क्षेत्रकी कांग्रेस बारबरा कमस्टकले उक्त हत्याको भर्त्सना गरेकी छिन् l

तस्बिर श्रोत : फेयर फ्याक्स काउन्टी प्रहरी बिभाग /रोयटर्स/न्युयोर्क टाइम्स

 

प्रतिक्रिया