मास्कोस्थित प्राच्यविद्या संस्थानमा नेपालीहरूको हार्दिक स्वागत

इनेप्लिज २०७४ जेठ २६ गते ११:३७ मा प्रकाशित

मास्को, ७ जून २०१७ (बुधवार) । रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानका निर्देशक, इतिशासशास्त्रक महाविद्यावारिधि, रूसमा बुद्धधर्म र दर्शनका प्रकाण्ड विद्वान् भालेरी पाभ्लोभिच आन्द्रोसोभ तथा रूसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेका बीच भेटपरिचय तथा अन्तरक्रिया सुसम्पन्न भएको छ । भेटवार्ता कार्यक्रममा प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना ल्भोभ्ना शाउम्यान, गैरआवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदमा महिला संयोजक सपिला राजभण्डारी, केन्द्रीय समन्वय परिषममा रूसका प्रतिनिधि–सदस्य तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूस–नेपाल साहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, महासचिव बोरिस भेर्शिनिन एवं यसै पंक्तिकारको पनि उपस्थिति रहेको थियो ।

प्राच्यविद्या संस्थानका निर्देशक भालेरी आन्द्रोसोभले महामहिम नेपाली राजदूत ऋषिराम घिमिरे तथा उहाँलाई साथ दिने सम्पूर्ण नेपालीहरूको हार्दिक स्वागत गर्नुभयो र पारस्परिक परिचयको आदानप्रदान गरियो । महामहिम राजदूतज्यूले मास्कोको अनुभवबारे छोटकरीमा बताउँदै मास्को आएदेखि नै विश्वविख्यात प्राच्यविद्या संस्थानका विद्वान्–विदुषीहरूसँग भेटघाट गरी सहकार्यको सम्भाव्यताबारे बुभ्mने चाहना राखेको जनाउनुभएपछि प्राच्यविद्या संस्थानका निर्देशकले छोटकरीमा संस्थानको परिचय दिएर पछिल्लो समयमा नेपालविषयक विशेषज्ञहरूको कमी रहेको तथ्य अवगत गराउनुभयो भने भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुखले भारतवर्षका विभिन्न देशहरूको राजनैतिक प्रणालीबारे हालसालै प्रकाशित आफ्नो पुस्तकमा नेपालबारे पनि एक अध्याय रहेको जानकारी दिनुका साथै प्राच्यविद्या संस्थानबाट पछिल्लो समयमा ‘नेपाल ः बीसौ शताब्दी’ शीर्षकमा नेपालको इतिहाससम्बन्धी दिवंगत अलेक्सान्द्र लेद्कोभलिखित पुस्तक उनका सहपाठी सेर्गेइ लुन्योभको सहयोगबाट प्रकाशित गरिएको र केही वर्षअघि कृष्णप्रकाश श्रेष्ठको संयोजकत्वमा नेपालविषयक प्राज्ञिक लेखहरूको संकलन ‘नेपाल सहस्त्राब्दीहरूको संघारमा’ प्रकाशमा ल्याइएको स्मरण गर्नुभयो ।

नेपाली पाठकवृन्दलाई के पनि बताइहालौं भने रूसी भायाामा प्रकाशित उक्त संकलनका केही लेख र त्यसको प्रकाशनपश्चात् सम्पन्न सम्मेलनहरूमा प्रस्तुत कार्यपत्रहरूमा आधारित प्राज्ञिक लेखहरूको सङ्ग्रह ‘रूसमा नेपालको बिम्ब’ शीर्षकमा भानु–समारोह २०० प्रति समर्पित गरी हालै विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तर्पmबाट काठमाडौंमा छापी प्रकाशमा ल्याइएको छ ।

रूस (सोभियत संघ) बाट विभिन्न विषयको स्नातकोत्तर तथा विद्यावारिधिको समेत प्राज्ञिक उपाधि प्राप्त गरी स्वदेशमा क्रियाशील नेपालीहरूको संस्था मित्रकुञ्ज स्थापनाको स्वर्णजयन्ती समारोहमा भाग लिएर फर्केका रूस–नेपाल सहयोग तथा मैत्री समाजका महासचिव बोरिस भेर्शिनिनले आफ्नो अनुभवबारे बताउँदै काठमाडौंमा नेपाल–रूस मैत्री तथा संस्कृति संघको तत्परतामा नेपालको सर्वप्रथम यात्रा सम्पन्न गर्ने रूसी प्राच्यविद इभान मिनाएभको प्रतिमा स्थापना गरिने कुरा सूचित गर्दा गतः वर्ष काठमाडौंस्थित रूस विज्ञान तथा संस्कृति केन्द्रको परिसरमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा उद्घाटन गरिंदा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीको सहयोगबाट मेरो अनुवादमा पुश्किनका कविताहरूको संग्रह ‘रुसाल्का’ (सन् २०१६) को पनि लोकार्पण गरिएको कुरा स्मरण गराइएको थियो ।

भेटवार्ताको क्रममा दुई देशबीच विद्वान्हरूको आदानप्रदानका साथै रूसबाट स्नातक बनेका नेपाली विशेषज्ञलाई प्राच्यविद्या संस्थानमा मानविकी शास्त्रअन्तर्गतका विभिन्न विषयहरूमा विद्यावारिधिको शोधछात्रको रूपमा निम्त्याउन सकिने र रूसबाट पनि नेपालविषयक अध्येतालाई नेपालमा एकवर्षे अध्ययनको व्यवस्था मिलाउन सकिएमा रूसमा नेपालको भाषा, साहित्य, इतिहास, धर्म र संस्कृतिको विषयमा अनुसन्धानलाई अगाडि बढाउन टेवा प्राप्त हुनेबारे पनि कुराकानी भएको थियो । यसै वर्षको नभेम्बर महिनातिर नेपालविषयक एक वैत्रानिक गोलमेच सम्मेलन सम्पन्न गर्ने पनि निर्णय लिइएको छ ।

भेटवार्ताको अन्त्यमा नेपाली राजदूतज्यूले रूसका बुम्द्धघर्मका विभिन्न ग्रन्थहरूका अनुवादक एवं व्याखाकार र ‘बुद्धधर्म विश्वकोष’ (सन् २०११) का रचयिता भालेरी आन्द्रोसोभलाई नेपाली पौभा (थान्का) उपहार प्रदान गर्नुभयो भने संस्कृत र पाली भाषाका समेत ज्ञाता प्राच्यविद्या संस्थानका निर्देशकले पनि आपूmले अनुवाद गरेको बौद्धग्रन्थ ‘मणिसूत्र’ उपहार दिनुभयो । त्यसै अवसरमा मैले पनि भानु–समारोह २०० को सन्दर्भमा विनयकुमार एवं अञ्जना श्रेष्ठको सहयोगबाट रूसी भाषामा प्रकाशमा ल्याइएको बीसौ शताब्दीको नेपाली साहित्यिक चिन्तन र प्रतिनिधि सााहित्यकारहरूको वैचारिक धरातलको समेत परिचय दिने पुस्तक ‘स्रष्टा र साहित्य’ भालेरी आन्द्रोसोभलाई हस्तान्तरण गरेको थिएँ भने दोरिस भेर्शिनिनले पनि नेपालमा मित्रकुञ्ज स्थापनाको पचासौं वर्षन्त समारोहको उपलक्ष्यमा प्रकाशित संकलन ‘मित्रकुञ्ज दर्पण’ उपहारस्वरुप प्रदान गरेका थिए ।

यसरी सौहार्दपूर्ण वातावरणमा प्राच्यविद्या संस्थानका निर्देशकको कार्यकक्षमा भेत्रवार्ता सम्पन्न भएपछि भारतवर्ष अनुसन्धानकेन्द्रकी प्रमुख ताच्याना शाउम्यानले सबै सहभागीहरूलाई आफ्नो कार्यकक्षमा निम्त्याएर त्यहाँ गैरआवासीय नेपाली संघ रूसको तर्पmबाट प्रदान गरिएका सम्मानपत्र तथा कालुगा अञ्चलमा अवस्थित एत्नोmिर (नृवंशलोक) अन्तर्गत निर्मित ‘नेपाली घर’ को उदघाटन समारोहको वेला नेपाली संस्कृतिको अध्ययन र प्रचार–प्रसारमा योगदान पु¥याएवापत् भारतवर्ष अनुसन्धान केन्द्रलाई प्रदान गरिएको नेपाली ढलौटको अष्टमंगल–कलश तथा अन्य प्रशंसापत्रहरू सजाएर राखिएको अवलोकन गर्दै निकट भविष्यमै प्राच्यविद्या संस्थानका विद्वान्हरूको निम्ति रूसको भूमिमा नेपालको सानो भलक दिने ‘नेपाली घर’ को यात्रावलोकनको आयोजना गर्नेबारे पनि कुराकानी भएको थियो ।

फोटो सौजन्य : बोरिस भेर्शिनिन
दिनाङ्क :९ जून २०१७,
मास्को, रूस महासंघ ।

प्रतिक्रिया