लायत बाट गाएक बन्जाडे ले आफ्नी श्रीमती लाई संका गर्दै भने ”नढाटेर भने” भिडियो

इनेप्लिज २०७४ जेठ २१ गते १६:३४ मा प्रकाशित

 

०४ जुन लन्डन । प्रवासमा रहेर पनि देशको कला संस्कृतिप्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो । प्रबासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्याे सम्मानयोग्य रहन्छ ।
आजकल र्‍याप, पप र आधुनिक गीत,संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो । लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन ।
गामबेसीका भाका र लोकलयको मिठासलाई भुल्न नसक्ने यी युवा गायक बिष्णुले यतिखेर बेललायतमा बसेर पनि नेपाली लोकगीत ‘नढाटेर भन’ बजारमा ल्याएका छन ।

उनको यो पहिलो प्रयास पनि हो । देबी घर्तीले साथ दिएको यो लोकलयमा बिष्णुले निकै मिहिनेत पनि गरेका छन । आफ्नै रचना र स्वरको यो गीतलाई बिष्णुले छांयाकन गरेर भिडियोसमेत बजारमा ल्याइसकेका छन ।
बेलायतका विभिन्न शहरमा छायांकन गरिएको भिडियोलाई प्रकाश रिजाल र रविन्सन घर्तीले खिचेका हुन । जानकी सिंजालीको निर्देशन रहेको यस लोक भाकामा बिष्णु बन्जाडे र रिता बन्जाडेले अभिनय गरेका छन् ।

सूर्य खड्काको संगीत, तारानाथ आचार्य, सरिना गिरी, शेरु घर्ती,विकाश सापकोटा लगायतको सहयोग र सल्लाहमा निर्मित म्युजिक भिडियोलाई बि . आर . इन्टरटेनमेन्ट प्रा. लि . ले बजारमा ल्याएको हो ।
हेरौ भिडियो

प्रतिक्रिया