थोरै र सानै रकमले पनि ब्यबसाय गरि राम्रै कमाइ गर्न सकिन्छ अमेरिकामा -सानुबाबु सिलवाल​

इनेप्लिज २०७४ जेठ २१ गते ९:२५ मा प्रकाशित

‘लंकामा सुन छ, मेरो कान बुच्चै’ भने जस्तै आर्थिक समृद्धिका लागि यसका बाटाहरु त्यति सहज भने छैनन ।आर्थिक स्वतन्त्रता रसमृद्धशाली जीवनशैलीको कल्पना हामी सबैसँग छ । तर, यो सबैलाई प्राप्त हुनसक्दैन । र, सबैलाई सहजपनि छैन । यद्यपि, जोखिम मोल्नेआँट, श्रोत–साधन,ज्ञान र समयको सदुपयोग सँगै यी बाटाहरु कठीन पनि छैनन्। संसारभरिकै अवसर,स्वतन्त्रता र चाहना पूर्तिको उत्तम मुलुक अमेरिकामा आर्थिक समृद्धिको सपना त्यति टाढापनि छैन । जहाँ ब्यक्ति भन्दा कागज बोल्छ, जहाँ कुरामा भन्दा श्रममा विश्वास गर्छ । जहाँ उत्पादन,श्रम र क्षमताको मूल्य हुन्छ । हामी अहिले यस्तो ठाउँमा छौं, जुन भर्खरै निस्किएको २०१५ को नयाँ तथ्यांक अनुसार, संसारको सातौं आर्थिक सम्पन्नशाली र शाक्तिशाली साना ब्यवसायको अत्यन्त उर्भरभूमि हो ।तथ्यांकअनुसार वार्षिक प्रति ब्यक्ति आम्दानी उच्च भएका विश्वका १० मुलुकमा कतार एक लाख आठ सय ८९ डलर, लक्जेम्बर्ग ९१ हजार तीन सय ८८ डलर, सिंगापुर ९१ हजार तीन सय ८८, मकाउ ८७ हजार सात सय ६५, नर्वे ६५ हजार ६ सय ४०, स्विजरल्यान्ड ५३ हजार तीन सय ६७,संयुक्त राज्य अमेरिका ५१ हजार सात सय चार, हङकङ ५० हजार नौ सय ३६, अष्ट्रेलिया ४४ हजार पाँच सय ९८ रसंयुक्त अरब इमिरेट ४२ हजार ८० डलर रहेको छ।

अमेरिकामा साना ब्यवसाय आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको छ । साना ब्यवसायमा क्रमशः प्रवासीहरुको भूमिका पनि बृद्धि हुँदै गइरहेको छ। साना ब्यवसाय अमेरिकी राजश्वको मुख्य हिस्सा हो । यसले अमेरिकामा झन्डै ७२ प्रतिसत रोजगार सिर्जना गरेको छ । एउटा अचम्मको कुरा के छ भने साना ब्यवसाय मध्ये ७० प्रतिसत एक जना वा एउटा परिवारबाट चलेको छ भने ५० प्रतिसत साना ब्यवसाय घरबाट सञ्चालित छन ।अमेरिकामा ९९.३ प्रतिसत साना ब्यवसायमा रोजगारदाताको प्रत्यक्ष प्रतिनिधित्व छ भने झन्डै ६ ट्रिलियन डलर जीडीपी साना ब्यवसायले ओगटेको छ । साना ब्यवसायमध्ये ५२.२ प्रतिसत खुद्रा ब्यापारसँग सम्बन्धित छन भने ४६.८ प्रतिसत थोकसँग सम्बन्धित छन्। २४.६ प्रतिसत उत्पादन बिक्रेतासँग सम्बन्धित साना ब्यवसाय र यसबाट उत्पादित ९७ प्रतिसत बस्तुले अमेरिकाको निर्यातको हिस्सा ओगटेको छ ।

इकोनोमिक टुडेको एक सर्वेक्षण अनुसारअमेरिकाको महत्वपूर्ण सहरमा प्रवासीहरुले क्रमशः आफ्नो प्रभाव जमाइरहेका छन । क्यालिफोर्नियामा चार प्रतिसत,उटाहमा ३.८ प्रतिसत, नेवाडामा ३.४ प्रतिसत,फ्लोरिडामा ३.१ प्रतिसत, वासिङटन डीसीमा २.९ प्रतिसत ओहायोमा २.२ प्रतिसत, ओरिगनमा २.१ प्रतिसत,मोन्टानामा २ प्रतिसत र अलास्कामा १.९ प्रतिसत प्रवासी ब्यवसायी छन । यसैगरी अन्य राज्यहरुमापनि प्रवासी सानाब्यवसायीहरुको संख्या बृद्धिहुँदै गइरहेको छ। प्रवासीहरुमध्ये स्पानिस ३७.२ प्रतिसत,एसियन ३१.१ प्रतिसत, काला २८ प्रतिसत र अमेरिकन इन्डियन ६.७ प्रतिसत साना ब्यवसायमा संलग्न रहेको देखिन्छ। मुख्यतः एसियन र स्पानिसहरुले नै अमेरिकाको अन्य क्षेत्रमा जस्तै साना ब्यवसायमा पनि आफ्नो बाहुल्यता बढाउँदै गइरहेका छन ।
यतिमात्र होइन, प्रवासी महिलाहरु पनि अमेरिकामा साना ब्यवसायमा उल्लेखनीय रुपमा अघि बढिरहेका छन । अमेरिकाका महत्वपूर्ण सहरहरुमा प्रवासी महिलाहरु साना ब्यवसायमा केन्द्रितहुँदै गइरहेको देखिन्छ। साना ब्यवसायको क्षेत्रमा महिलाहरुको उल्लेखनीय रुपमा बढ्दो सहभागिता र उत्साहलाई नमुनाको रुपमा लिन सकिन्छ । अमेरिकाको १० सहरहरु लसएन्जल्स, सिकागो, न्यूयोर्क, ह्युस्टन,फोनिक्स, वासिङटन डीसी, डल्लास,मिचिगन, फिलाडेल्फिया र एटलान्टामा महिला। ब्यवसायीको प्रतिसतमा बाहुल्यता देखिएको छ।

साना ब्यवसायकालागि आफूसँग भएका निम्न श्रोत–साधनलाई सानो तहबाट सुरुवात गरेर नै आर्थिक समृद्धितर्फ उन्मुख हुन सकिन्छ । यसका लागि ठूलोलगानी आवश्यक पर्दैन। आफूसँग भएको ज्ञान र सानो श्रोतलाई सदुपयोग गर्न सकिएमा साना ब्यवसाय आर्थिक स्वतन्त्रता रसमृद्धिको मुख्य विकल्पहुन सक्छ ।
आफूले के गर्न खोजिएको हो? कुन प्रकृतिको ब्यवसाय गर्न खोजिएको हो? कस्तो स्थान र क्षेत्रमा उपयुक्त हुनसक्छ? ब्यवसाय गर्नुपूर्व यस्ता लेखाजोखा र अध्ययन हुन आवश्यक छ । अमेरिकामा नेपालीहरुको संख्या उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ । अमेरिकाका विभिन्न सहरहरुमा नेपाली समुदायको संख्यात्मक रुपमा बृद्धि भइरहेकोअवस्थामा आफूसँग भएकोसानो आर्थिक श्रोत–साधन सदुपयोग गरी साना ब्यवसायातर्फ क्रमशः नेपालीहरु केन्द्रित भइरहेको देखिन्छ ।अमेरिकाका सहरहरुमा मात्रै होइन,यसका ग्रामीण राज्य तथा कुना–काप्चामा समेत पुगेर ब्यवसाय गर्ने नेपालीहरु उल्लेखनीय रुपमा बढ्दै गइरहेकाछन ।

विगतमा नेपालीहरु भारतीय तथा पाकिस्तानी ब्यापारीहरुकोमा मात्र काम गर्छन भन्ने सोचाइ र अवस्था थियो। तर, अहिले त्यो सोचाइ र अवस्थामा पूर्णतः परिवर्तन भएको छ । वर्षौंसम्म आफूले बचत गरेको केही आर्थिक श्रोत र साधनलाई सदुपयोग गर्दै ब्यवसायमा तल्लीन नेपाली समुदायले अमेरिकी आर्थिक समृद्धिमा क्रमशः अमूल्य योगदान पुर्याइरहेका छन ।अमेरिकामा झन्डै ७ हजार नेपालीले ब्यवसाय गरिरहेका छन्। त्यसैले अमेरिकाको राजश्व, रोजगारी तथा सामाजिक क्षेत्रमा नेपालीहरुले ठूलो योगदान दीइरहेका छन । नेपालीहरुले अमेरिकामा करोडौं डलर लगानी गरिरहेका छन्। नेपाली समुदायले साना ब्यवसायको क्षेत्रमा प्राप्त गरेको सफलता, नेपाली समुदायको योगदान र उपस्थितिलाई पहिचान बृद्धिमा केन्द्रित गर्नु आजको आवश्यकता हो । अमेरिकामा आर्थिक समृद्धिका लागि ‘आफ्नोसाहु, आफैं बन्नका लागि’ प्रचुर सम्भावना रहेको छ रआर्थिक स्वतन्त्रता र समृद्धिकालागि यो नै मुख्य विकल्प हुनसक्छ। अमेरिकामा लगानि र ब्यबसाय गर्न धेरै रकम चाहिदैन​।

प्रतिक्रिया