दुई दिने यूनाईटेड नेपलिज् कन्भेन्सन आजबाट शुरु

इनेप्लिज २०७४ जेठ १४ गते १७:१७ मा प्रकाशित

टेक्सास, अमेरिकामा रहेका युवालाई अमेरिकी परिवेशमा समाहित गराउने उदेश्यले आजदेखि दुई दिनसम्म युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा शुरु भएको छ । कार्यक्रमको उद्घाटन टेक्सासको अरबिड् सिटी मेयर रिक स्टोफर्डले आफ्नो नगरमा रहेकामध्ये केहि प्रतिशत नेपालीहरु मतदाताका रुपमा रहेकोमा प्रसंशा गर्दै नेपाली समुदायले गर्ने हरेक कार्यक्रमहरुमा सहयोगी भुमिका निर्वार्ह गर्ने बताए ।

अमेरिकामा रहेका नेपाली युवा तथा बालबालिकाहरुका लागि पाउने अबसरहरुको संभावना, राजनीतिमा आवद्धता र अमेरिकामा पाउनसक्ने अवसरहरुको बारेमा जानकारी दिने, फेसन सो, क्वीज कन्टेष्ट, ट्यालेन्ट सो, कल्चरल कार्यक्रम, फुटबल, भलिबल, बास्केटबल प्रतियोगिताहरु आयोजना गरिएको हो । दुई दिनसम्म विभिन्न कार्यपत्र र विषयबस्तुहरुमाथी छलफल हुने भएकोले नेपाली समुदायका युवा तथा बालबालिकाहरु आभान्वित हुने एसोसियसनका अध्यक्ष पासाड लामाले बताए ।

डालस नजिकैको शहर कोपेलस्थित होटेल फोर पोइन्ट्स शेराटनमा सम्पन्न उद्घाटन कार्यक्रममा उक्त अबसरमा युनाइटेड नेपालीज एसोसिएसनका अध्यक्ष पासांग लामाले युवा नै हरेक समुदाय र राष्ट्रको भबिस्य रहेको उल्लेख गर्दै युवाहरुको वृद्धि बिकासमा लगानी गर्न हात कमाउन नहुने धारणा व्यक्त गर्नु भएको थियो । त्यस्तै प्रमुख अतिथि सिटिका मेयर रिक स्टपरले ६ देखि १० बर्षको बिचमा अर्भिंगमा नेपालीहरुको उल्लेख्य उपस्थिति भएको धारणा व्यक्त गर्दै नेपाली समुदाय इमान्दार, परिश्रमी, शान्तिप्रिय भएको आफुले पाएको बताउनु भएको थियो ।

उद्घाटन कार्यक्रममा कार्यक्रममा सियाटलका लागि नेपाली वाणिज्यदुत एसी शेर्पाले यूएनएद्धारा आयोजित कार्यक्रमले टेक्सासमा रहेका नेपाली समुदायका युवा तथा बालबालिकाहरुका लागि निकै फलदायी हुने दावी गर्दै यस्ता कार्यक्रमहरु अमेरिकाका अन्य नेपाली बसोबास रहेका स्थानमा पनि उत्तिकै जरुरी रहेको बताए l वाणिज्यदुत शेर्पाले अमेरिकामा हरेक सुबिधा उपभोग गर्न सफल भए पनि आफ्नो मातृभूमिको ऋण तिर्न भने बाँकी रहेको बताउनु भएको थियो ।

त्यसैगरी अमेरिकी राजनीतिमा डेमोक्र्याट राजनीतिज्ञ एचबी भण्डारीले अमेरिकामा रहेका नेपालीहरुले आफ्नो अधिकारको स्वामित्व पनि लिन नसकेको बताउँदै जहाँ बसेको त्यहिको रहनसहन मात्रै होईन की अधिकार अबसरका लागि पनि यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताए ।

वक्ताका रुपमा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामीछानेले प्रवासमा रहने नेपाली समुदायका लागि यस्ता कार्यक्रमहरु आवश्यक रहेको बताउँदै सबैले आआफ्नो घरबाट परिवर्तनका लागि पहल गरेमात्र परिवर्तन संभव हुने बताए । आफु अध्यक्ष रहेको संस्थाले पनि नेपाली युवा सुमदायलाई अमेरिकी समाजमा पुर्णत लाभदायक बनाउनु अहिलेको आवश्यकता रहेको बताए । युएनएको सम्मेलनले यसपटक युवाहरुलाई केन्द्रबिन्दूमा राखेर अमेरिकामा अध्ययन गर्दै रहेका, हुर्कदै गरेका नेपाली समुदायका बालबालिकादेखि लिएर युवाहरुलाई लक्षित गरेर यसपटक विविध शिक्षामुलक कार्यक्रहरु विभिन्न सत्रमा सन्चालन हुने कार्यक्रम आयोजक पासाड लामाले जानकारी दिए ।

सन् २०१४ मा स्थापना भएको यो संस्थाको पहिलो सम्मेलन यस अघि लसएन्जलसमा भएको थियो भने यो दोश्रो सम्मेलनमा मुलत युवा केन्द्रित कार्यक्रममा विभिन्न खेल र आयोजित फरक विषयमा सक्रिय सहभागीता जनाएका थिए ।

त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले युएनएको एउटा पाटोको रुपमा प्रस्तुत हुन पाउँदा गौरब लागेको बताउंदै युनाइटेड नाम नै काफी भएकोले ब्यबहारमा पनि अमेरिकाको नेपाली समाज एकताबद्ध हुनु पर्नेमा जोड दिनु भएको थियो । डालस समाज एकताबद्ध हुने हो भने दशौँ हजार नेपाली भएको ठाउँमा हुने जुनसुकै कार्यक्रममा पनि उपस्थितिको खडेरी नपर्ने विश्लेषण गर्दै यो सम्मेलनले एकताको संदेश दिंदै आगामी दिनमा डालसका नेपाली युवाहरु अझ सक्रिय रुपमा अघि बढ्ने आशा समेत व्यक्त गर्नु भएको थियो ।

अमेरिकामा हुर्कदै गरेका, यही भविष्य बनाउने तयारीमा रहेका आफ्ना युवा तथा बालबालिकालाई केन्द्रित गरेकाले यस कार्यक्रमबाट नेपाली समुदायले लाभ हासिल गर्न सकिने भएकाले पनि अमेरिकामा रहेका संभावना र चुनौतिका बारेमा विभिन्न सत्रहरुमा छलफल केन्द्रित हुने कार्यक्रम संयोजक विएन पन्तले बताए । मातृभूमिलाई पनि हामी ध्यानमा राख्छौँ, तर हाम्रा हुर्कदै गरेका बालबालिकालाई ध्यान दिन सकिएन र उनीहरुको प्रतिभालाई उचित स्थान दिन सकिएन भने नेपाली समुदाय पछि पर्ने भएकोले यस पटकको सम्मेलनले युवाहरुलाई फोकस गरेकोले यसबाट सबैले लाभ लिनुपर्नेमा जोड दिदै अध्यक्ष लामाले भने आगामी दिनमा यस्ता कार्यक्रमहरुको माग बढ्ने बताए ।

कार्यक्रममा आमन्त्रि गरिएका उधोगपति विनोध चौधरीले आफु उपस्थित हुन नसकेको भन्दै भिडियो सन्देश पठाएका थिए । सो सन्देशमा प्रवासमा रहेका नेपालीहरुले निकै प्रगति गरेको र मुलुक विकासमा उनिहरुको योगदान उच्च रहने ठोकुवा गर्दै उनिहरुलाई पनि मतदानको अधिकारबाट बन्चित नगर्न सरकारसंग माग गरेका थिए ।

तीन दिने सम्मेलनका क्रममा उद्घाटन लगत्रै युवाहरुलाई ‘ट्यालेन्स शो’, युवा फोरम, साहित्य फोरम, डिजे नाइट, कन्सर्ट, फेशन शो, विभिन्न खेलकुद प्रतियोगिता लगायत दर्जनौ कार्यक्रमहरु सन्चालनमा रहेका छन । यी कार्यक्रमहरुले नेपाली युवाहरुलाई अमेरिकामा यहाँको समुदायसँग एकीकृत गराउने लक्ष्य भएकोले यस्ता कार्यक्रमले नेपाली समुदायलाई सहयोगी हुने लक्ष्य लिइएको छ ।

कार्यक्रम लागि नेपालबाट क्रिकेट खेलाडी पारस खड्का, नायिका नन्दिता केसी, पुर्व मिस अर्थ भिजे नग्मा श्रेष्ठ, चर्चित गायक हेमन्त राना सम्मेलनमा सहभागी भएका थिए भने कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पाख्रेल, अध्यक्ष उम्मेदवार गौरी जोशी, क्लोराडोका व्यवसायी पेम्वा शेर्पा, काँग्रेस महासमिति सदस्य तथा जनसम्पर्क समिति केन्द्रिय सदस्य हरिबोल भण्डारी लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न प्रतियागितामा उत्कृष्ठ हुनेलाई एकहजार डलर राशीको नगद पुरस्कार राखिएको छ ।

प्रतिक्रिया