‘सेल्फी फोटो कन्टेस्ट २०१७’

इनेप्लिज २०७४ वैशाख ११ गते ११:५३ मा प्रकाशित

काठमाडौं:एक्टर नेपाल नेटकर्व प्रा.लि.ले सेल्फी फोटोमा रमाउने युवा पुस्तालाई लक्षित गरेर सामाजिक सञ्जालमा ‘सेल्फी फोटो कन्टेस्ट २०१७’  आयोजना गरेको छ । यस प्रतियोगीताको विजेता आगामी जेठ १५ गते घोषणा हुने छ । प्रतियोगीले पठाएको सेल्फी फोटो ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ को अफिसियल फेसबुक पेजमा राखिने छ  जसको लाईक, कमेन्ट र सेयर बढि हुन्छ उसलाई विजेता घोषणा गरेर आर्कषक पुरस्कारका साथमा गिफ्ट दिइने आयोजक संस्थाले जनाएको छ ।

यो प्रतियोगितामा विश्वमा रहेका नेपालीहरुले जुनसुकै मोवाइलबाट सेल्फी फोटो खिचेर ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ फेसबुक पेजमा समेत पठाउने सकिने  छ । फोटोमा लाईक गर्दा अनिवार्य रुपमा पेजमा पनि लाईक गर्नु आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया