काठमाडौं । चैत्र ४.
शुशिल, सुन्दर, शान्त स्वभाब कि प्रकृति जस्तै राम्री हिमालयन क्षेत्रमा बसोबास गर्ने थकाली समाजको झल्को दिने एक प्रतिनिधि चेली हुन् मोडल प्रकृति तुलाचन, रत्ननगर १३ जयमंङ्गला स्थाई निवासी प्रकृति तुलाचन पछिल्लो समयमा आधादर्जन जति म्यूजिक भिडीयोहरुमा अभिनय गरी सकेकि छिन् । मिस प्लसटु नेपाल सेशन दुई २०७१ मा सफल मोडलको दर्जा बाट सम्मानित भई सकेकी उनी म्यानेजमेन्ट विषयमा ब्याचलर दोस्रो बर्षमा हाल काठमाडौंमा अध्यायनरत छिन् ।
जनजाति परिवारमा हुर्केर काठमाडौं बाट उच्च शिक्षा हासिल गर्न लागी परेकी उनी फुर्सदको समयमा पत्रपत्रिका पढ्ने, अनलाईन फोटो भिडीयो पोष्ट गर्न प्रबृतिकी छिन् विभिन्न नाटक तथा नृत्यहरुको पनि तालिममा व्यस्थ रहेकि प्रकृति तुलाचन हाल काठमाण्डु स्वयम्भुमा बस्छीन् ।
विभिन्न र्याप शो, साँकृतिक डान्स, फोटो सेसन, चित्रकला, अभिनय, आदिमा आबध्व रही काम गरी रहेकी ५ फिट ५ ईन्च अग्ली २० वर्षिया प्रकृतिको थकाली गित, रुपकि रानी बोलको आधुनिक गित, विकज आईलव यू बोलको अंग्रेजी गित निकै चर्चामा रहेका छन् ।
उनलाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट पनी राम्रौ साथ मिलेको बताउँछिन् । आपूm केही नेपाली जनजाति गितको म्यूजिक भिडीयो र सानो बजेटको यूटुब सट मुभिमा ब्यस्त रहेको र चाडैनै बन्न लागेको नेपाली कथानक चलचित्रको म्यानेजमेण्ट टिममा रहेर काम गर्न लागेको हामीलाई बताईन् ।
प्रतिक्रिया