टेक्ससमा एचडिएनपी अन्तरराष्ट्रियको रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ फागुन २२ गते २३:३८ मा प्रकाशित

मार्च ५ , अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )को त्रैमासिक रक्तदान कार्यक्रम गत मार्च ४ तारिख सम्पन्न भएको छ l

उक्त रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेका छन् l उक्त रक्तदान कार्यक्रममा १२ जना अमेरिकन तथा ८ नेपालीले गरि रक्तदान गरेका थिए l मार्च ४ तारिखमा आयोजना गरेको रक्तदान सहित १७ औ पटक त्रैमासिक रुपमा सफलता पुर्वक सम्पन्न गरेको छ l

यसै गरि आगामी मे २९ तारिख करिब ५ सय जना घरवार बिहिनलाई ड्यालसको फोर्थवर्थमा खाना खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले जानकारी दिएका छन् l एचडिएनपी अन्तरराष्ट्रियले असहाय ,दुखि ,घरबार बिहिनहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्ने गरेको छ l

संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ l यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई रहेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो भने टेक्ससको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको संस्था हो l

प्रतिक्रिया