दोस्रो गोर्खा रेजिमेन्टभित्र गुण्डा नाईकेहरुले तहल्का मच्चाए

इनेप्लिज २०७३ फागुन १६ गते २:४६ मा प्रकाशित

 

लन्डन, १६ फागुन । केन्ट, फोक्स्स्थित दोस्रो गोर्खा रेजिमेन्टको टावर सिनेमा हलमा नेपाली चलचित्र लुट–२ का लुटेरा गुण्डाहरु दयाहाङ्ग राई र सौगात मल्लको उपस्थितले

दर्शकहरुलाई मनोरञ्जनात्मक तहल्का मच्चाएका थिए ।

 

चलचित्र सुरुहुन अघि सिनेमा हलमा राई र मल्ललाई फोक्स्टन नेपाली समुदायका अध्यक्ष चन्द्र गुरुङ्गले स्वागत गर्दै उनले भने–‘मनोरञ्जन र गोरोपन देखिरहन मन लाग्छ भने ईग्लयाण्डको पुर्वि क्षेत्रमा रहेको फोक्स्टनको वातावरण नेपाली कलाकारकालागि महत्वपूर्ण देखिन्छ ।’

 

गोर्खा रेजिमेन्टका सहसेनानी काजिमान लिम्वुले बटालियनको सिनेमा हलमा नेपाली चलचित्र प्रदर्शन गर्न सफल भएकोमा नायक राई र मल्ललाई स्वागत गर्दै सफलताको शुभकामना दिएका थिए ।

 

सामाजिक संञ्जालकी चर्चित समाजसेवि सरला थापाले औपचारिक कार्यक्रम संञ्जालन गरेकी थिईन् । लुटका नायक दयाहाङ्ग राई र सौगात मल्ल सिनेमा हलमा उपस्थित सांगीतिक रंङ्गमंञ्की बहुप्रतिभासाली मोडल अलिसा राईको जादुमय नित्य ‘लाइदिउँला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार’ हिट नम्बरको आईटम गीतले मिठो मनोरञ्जन दिएकी केहि उपस्थित दर्शकहरुले बताए । सनिवार बेलुकी प्रिन्सेस हलमा चलचित्र लुट–२ को रेड कार्पेट प्रर्दशनीमा सबै टिकेट ‘सोल्ड आउट’ भएपछि कयौं दर्शक निरास बन्दै नायक राईलाई भेटेरमात्र फर्किएको आयोजक गोर्खा वरियर्सले जनाए ।

 

नायक दयाहाङकालागि बेलायत पानि पधेरो बन्न थालेको छ भने सौगातकालागि पहिलो भ्रमण हो । नेपाल देखि टाढाका देश बेलायत जस्तो प्रजातान्त्रिक मुलुमा रहेरपनि नेपाली चलचित्रलाई माया गर्ने हजारौ दर्शक देखिन्दा नायक राई र मल्ल हर्षित बनेका थिए । हलमा नायक राईको डान्स र संवाद आउदा हलमा उपस्थित दर्शकले कोलाहलमय मच्चाएको सुनिथ्यो भने सौगातको भिन्नै किसिमको संवादको टोन दर्शकले मन पराएको प्रतिक्रिया दर्शकहरुले दिए ।

 

बेलायतमा नेपाली फिल्मको रेड कार्पेट महत्वपूर्ण हुदै गएकोमा केहि दर्शकहरुले विदेशी भूमिमा रहेपनि प्रवासी नेपालीहरुको ठूलो योगदान रहेको जिकिर गरे ।

 

शुक्रवार साँझ शिवरात्रिको अवसर पारेर स्वदेश तथा विदेशभर प्रदर्शन गरिएको नेपाली चलचित्र लुट–२ हेर्न पत्रकार अनिलदेव राई पुर्व झापाको दमकस्थित पाथिभरा सिनेमा हल पुगेका थिए जहाँ दर्शकहरु टनाटन देखेर खुशी भएको बताए । फरक विषयवस्तु र फरक परिवेशमा नेपाली फिल्म लुट–२ बनेकोमा खुशी व्यक्त गरे । फिल्ममा भारतले लगाएको नाकाबन्दी र नाकाबन्दीमा पेट्रोल,डिजेल, मट्टितेल र ग्यासको अभावले नेपाली जनतामाथि मार्का परेको परिवेशलाई चित्रण गरिएको र विनाशकारी महाभूकम्पले थिल्थिलिएको देशमा नाकाबन्दीसँगै पेट्रोलियम पदार्थको कालोबजारीसँगै कानुनको खिल्ली उढाउँने गिरोहलाई उदाँङ्गो पारेको आफ्नो सामाजिक सञ्जालमा अभिव्यक्ति पोखेका छन् ।

 

शुक्रबार देखि स्वदेश तथा विदेशभर प्रदर्शन भईरहेको चलचित्र लुट–२ निश्चल बस्नेतले निर्देशन गरेका हुन् । उक्त चलचित्रमा कर्मा,सौगात मल्ल,दयाहाङ्ग राई प्रतिकराज न्यौपाने, सुशीलराज पाण्डे, प्रविण खतिवडा,ऋचा शर्मालागायतका कलाकार रहेका छन् ।

 

लण्डन नजिकैको सहर अल्डरसटको प्रिन्सेस हलमा सनिवार बेलुकी ४ बजे हाउसफुलका साथ रेड कार्पेट प्रदर्शन भएको थियो । फेब्रुवरी २६ मा गोर्खा रेजिमेन्टको टावर सिनेमा हल फोकस्टनमा सम्पन्न साथै ३ मार्चमा टिडवर्थ, ४ मार्चमा आसफोर्ड केन्ट, ५ मार्चमा हयारो लन्डन र ११ मार्चका दिन रेडिङमा प्रदर्शन गरिने आयोजक गोर्खा वरियर्सले जनाएको छ ।

प्रतिक्रिया