लसएन्जल्समा सोनाम ल्होछार भोलि ,सम्पूर्ण तयारी पुरा

इनेप्लिज २०७३ फागुन १५ गते २३:४० मा प्रकाशित

लसएन्जल्समा बसोबास गर्ने तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष सोनाम ल्होछार पर्वको तयारी पुरा भएको छ । ल्होछारकै अवसरमा शुभ कामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी सांस्कृतिक संयोजक भीमसेन लामाले गराएका छन् l

सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ ,परम्परागत कला सस्कृतिको सम्बर्दन गरौ “भन्ने मुख्य उदेस्यका साथ तामाङ समुदायको नयाँ वर्ष (चरा वर्ग )”ज्या ल्हो” मनाइने भएकोमा तामांग समुदाय निकै उत्साहित रहेका छन् l

समाजका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान र संस्कृतिको विकास गर्ने एंव तामाङ समुदायको मौलिकता झल्काउने लक्ष्यका साथ लसएन्जल्समा नै पहिलो पटक यो पर्व मनाउन गईरहेको हुँदा सहभागिताको लागि अनुरोध गरेका छन् l

कार्यक्रम भोलि फेब्रुअरी २७ तारिख सोमबार बेलुकी लसएन्जल्स शहरको आर्टेशिया स्थित तारा हिमालयन कुजिनमा चर्चित हास्य कलाकार गोपाल नेपाल (फिस्टे), अन्य कलाकारहरु डोमा ह्योल्मो , नलिना चित्रकार र दोहोरी गायिका शिला आले मगरको साथमा हुने छ l

यस कार्यक्रममा लसएन्जल्सका संघ/संस्थाहरुलाई निमन्त्रणा गरिसकेको र सम्पूर्ण लसएन्जल्सबासी समुदाय सदस्यहरुलाई यसै सुचना मार्फ़त निमन्त्रणा गरिएको जानकारी सोसाइटीका महासचिव डोल्मा लामा जानकारी दिएकी छिन् l

प्रतिक्रिया