को हुन युएईको लागि प्रस्तावित राजदुत आशा लामा

इनेप्लिज २०७३ फागुन १२ गते १३:०० मा प्रकाशित
काठमाडौँ : दशकौ बर्ष देखि समाजसेवा गर्दै खाडी मुलुकका कामदार तथा श्रमिकहरुको पक्षमा वकालत गर्दै उनीहरुकोपक्षमा लडाई लड्दै आएकी बरिष्ट समाजसेवी आशा लामा युएईको राजदुतको सिफारिस लगत्तै युएईका श्रमिकहरुले खुसियालीमनाएका खबर आएको छ l २०१० सम्म म्यानपावर ब्यबसायमा संलग्न भई बिसेष गरि खाडी मुलुकमा काम गर्ने कामदारहरुकोस्थिति, कामदारहरुको समस्या र समाधान तथा उनिहरुले भोग्नु परेको दुख र पिडाहरुको  बारेमा जानकार तथा बिज्ञको रुपमाचिरपरिचित आशा लामाले २०११ देखि आशा फाउन्डेसन नामक सस्था खोलि खाडी मुलुक गएका नेपालीहरुको पक्षमा कामगर्दै आएकी छिन l सयौ महिला तथा पुरुषहरुलाई खाडी मुलुकहरु बाट उद्दार गरिसकेकी समाजसेवी आशा लामालेउनीहरुलाई उद्दार मात्र गर्ने होईन उनीहरुको लागि कानुनि प्रक्रियामा समेत सघाउदै क्षति पुर्ति दिलाउने समेत काम गरेकीछिन l समाजसेवा मार्फतनै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड समेत हात पारेकी लामा कुटनीतिक रुपमा पनि एक सबलमहिलाको रुपमा परिचित छिन l
 नेपाली कांग्रेशको कोटा बाट राजनैतिक सिफारिसमा परेकी आशा लामा इलाम जिल्लाकि हुन l सानै देखि राजनीतिक पृष्ठभुमिमा हुर्केकी आशा लामाका बाबा नेपाली कांग्रेशका चिर परिचित नेता तथा कार्यकर्ताको रुपमा चिनिन्थे l जब नेपालमाप्रजातन्त्रको लागि लडाई सुरु भयो त्यतिनै बेला देखि महानायक बिपी कोईरालाको सामिप्यमा बसेर ईन्डिया बाट नेपालीकांग्रेसको लागि काम गर्दै आएका थिए l
 समाजसेवी आशा लामा युएईको लागि राजदुत सिफारिस भए लगत्तै कति म्यानपावर ब्यबसायीहरुले खुसियाली मनाएका छनभने कतिले बिरोध समेत गर्दै आएका छन l निडर तथा हट्टि स्वभाबकि आशा लामा बोलीमा भन्दा पनि बेसी कामलाई विश्वासगर्ने आफुले सुरु गरेको कामलाइ सधै प्रतिफल दिएर दिन दुखि पिडित श्रमिक कामदारहरुको पक्षमा बोल्दै र सम्बन्धितनिकायमा समेत गलत काम कारबाहीको बिरुद्द ससक्त रुपमा आवाज उठाउदै आएकी एक पिडितहरुको अबिभाबककोरुपमा परिचित छिन l श्रोतका अनुसार उनि राजदुत भएर युएइ आउने खबरले सम्पूर्ण नेपाली समुदायहरुले हर्सौल्लास गर्दैखुसियाली मनाएका छन l उनीहरु भन्छन सधै कामदारको पक्षमा वकालत गर्दै उनीहरुको उद्दारमा अहोरात्र खटिदै आएकीआशा लामा राजदुतमा नियुक्त भए लगत्तै धेरै भन्दा धेरै सकारात्मक काम नेपाल सरकारको हितमा काम हुनेमा बिस्वाशरतपनि छन l
कुशल कार्यक्षमता भएकी आशा लामा समाजसेवामा मात्र नभएर प्रशासनिक, कुटनैतिक हिसाबले पनि अब्बल रुपमा परिचितछिन l

प्रतिक्रिया