“तिमी”
इनेप्लिज
२०७३ पुष १४ गते ११:३३ मा प्रकाशित

तिमी बस्त्र देख्छेउ
म नाङ्गो शारीर
कापेको देख्छु ।
तिमी पेट ढाकेको
छाला देख्छयौ
म भित्रको भोक
जलेको हेर्दछु।
तिमी सम्पन्न हुन्छौ
म दरिद्रताको
पहाड़ चढ्दै छु।
तिमी पबित्रताको
ढोङ्ग रचाउछयौ
म यथार्थ
धरातल रुचाउछु।
तिमी फूलीरहेको
थुङ्गा मात्र टिप्छ्यौ
म त काडै काडै
गोडेर फलाउदै छु ।
प्रतिक्रिया