आउनै लागिन रे !

इनेप्लिज २०७१ फागुन ३० गते ८:१९ मा प्रकाशित

Ram C Sharma (2)

 

 

 

 

 

 

 

अहा ! अब रमाइलो हुन्छ उनि आए पछि

चारै दिशा घमाइलो हुन्छ उनि आए पछि

कोपिला र पालुवाले लटरम्म ढाक्छ देश

मौसम पनि गर्माइलो हुन्छ उनि आए पछि

पुष्पलता बेलीफूल ढकमक फूलेपछी

मन पनि शर्माइलो हुन्छ उनि आए पछि

(१)

न त जाडो न त गर्मि हुन्छ उनि आए पछि

भबरा र मौरी कर्मी हुन्छ उनि आए पछि
कर्तब्य ती सम्झाउछन आफ्ना आफ्ना काम जति

परोपकार नै धर्मी हुन्छ उनि आए पछि
कोयलीका गीत उता , ढुकुरका जोडीसंग

प्रेमाङ्कुर औधी मर्मी हुन्छ उनि आए पछि

(२)

मीठो खान राम्रो लाउन, पाइन्छ उनि आए पछि

सम्पन्नता गीत गाउन , पाइन्छ उनि आए पछि
बिशाल यी धर्ति माता छाती फ़र्काउछिन

ग्रिष्म भागि बर्षे साउन, पाइन्छ उनि आए पछि
खेति बालि भित्र्याएर पखेराका खर पातले

गरीबका छाप्रा छाउन, पाइन्छ उनि आए पछि

प्रतिक्रिया