
विराटनगर : इलामको माई नगरपालिका – २ स्थित श्री कन्काई माध्यमिक विद्यालय दानाबारी का ९३ जना कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई एक दिने मतदाता शिक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ । निर्वाचन आयोग कोशी प्रदेश कार्यालय विराटनगर को प्राविधिक र विज्ञको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। मतदाता शिक्षा अन्तर्गत फर्जी मत बदरमत मतदाता नामावली निर्वाचन आचारसंहिता निर्वाचनमा अभिभावकको भूमिका निर्वाचनमा विद्यार्थीको भूमिका लोकतन्त्र आवधिक निर्वाचन मतदाता परिचयपत्र दलीय राजनीति लगायतका विषयमा अभिमुखीकरण सम्पन्न भएको जनाइएको छ। कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख युवराज गुरागाई र अधिकृत चोलाराज दंगालले विद्यार्थीहरूलाई अभिमुखीकरण मार्फत मतदाता शिक्षा कार्यक्रममा सहजीकरण गर्नुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।
सो अवसरमा विद्यार्थीहरूले लोकतन्त्र आवधिक निर्वाचन निर्वाचन आचार संहिता दलहरूबीचको भिन्नता विषयमा विज्ञलाई प्रश्न / जिज्ञासा राखेका थिए। मतदाता शिक्षा कार्यक्रम चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ वटै जिल्लामा सम्पन्न हुन गइरहेको जनाइएको छ। मतदाता शिक्षा कार्यक्रमले बदरमतको सङ्ख्या घटाउने र निर्वाचन आचारसंहिता पालनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया