
नेपाली कांग्रेसको अमेरिकास्थित प्रतिनिधि संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन बमोजिम नेपाली जनसम्पर्क समिति, अमेरिकाको बहुप्रतीक्षित अधिवेशन सम्पन्न गर्ने उद्देश्यले अधिवेशन तयारी समिति, निर्वाचन आयोग तथा अधिवेशन अनुगमन समिति गठन गरेको सूचना प्रवाहित गरेको छ।

अधिवेशन तयारी समिति
संयोजक- धनन्जयनरसिंह केसी
सहसंयोजकद्वय
मुनिन्द्र नेम्बांग
प्रियरञ्जन दाहाल
सदस्य सचिव
गौतम दाहाल
सदस्यहरू
अमृत सापकोटा (टेक्सास)
बिनोद भट्ट (नर्थ क्यारोलाइना)
ज्ञानेन्द्र कार्की (टेक्सास)
भगवान मैनाली (टेक्सास)
कुमार जंग कार्की (कोलोराडो)
दीप चटौत ‘क्रान्ति’ (फ्लोरिडा)
प्रतीक पाण्डे (क्यालिफोर्निया)
चन्द्र धिताल (क्यालिफोर्निया)
नारायण खनाल (क्यालिफोर्निया)
देव ओली (क्यालिफोर्निया)
राम मिश्र (भर्जिनिया)
सुभाष लामा (म्यासाचुसेट्स)
बिनीता जी.सी. (न्यूयोर्क)
श्रीजना प्रसाई (लस एन्जलस)
खगेन्द्र रेग्मी (म्यासाचुसेट्स)
राजेन्द्र सेन्चुरी (मेरिल्याण्ड)
अम्बीर जोशी (न्यूयोर्क)
रोशन ढुंगाना (न्यूयोर्क)
अनन्तराज सुबेदी (विस्कन्सिन)
टकबहादुर रुवाली (न्यूयोर्क)
दीपक घिमिरे (टेक्सास)
गणेश विष्ट (न्यूयोर्क)
नवीन पोखरेल (लस एन्जलस)
शिव बनियाँ (न्यूयोर्क)
रामजीबी पन्त (बाल्टिमोर) मिडिया प्रमुख
त्यस्तै, भक्त थापालाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी प्रदान गरिएको छ भने नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति आनन्द विष्टको संयोजकत्वमा पूर्व संयोजकद्वय खगेन्द्र जी.सी. र विष्णु सुबेदी सदस्य रहने गरी अधिवेशन अनुगमन समिति गठन गरिएको छ।

स्मरणीय छ- केही वर्षअघि आनन्द विष्टको समितिलाई खारेज गरी धनन्जयनरसिंह केसीले आफ्नै सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेका थिए। उक्त समितिमा महासचिव रहेका सुभाष घिमिरेले धनन्जयनरसिंह केसी आनन्द विष्टको कार्यसमितिसॅंगै मिलेर महाधिवेशन प्रतिनिधि भई गएपछि आफ्नो समितिमाथि धोका भएको निष्कर्षसहित आफ्नै नेतृत्वमा समिति पुनर्गठन गरेका थिए।
उक्त समितिका सभापति सुभाष घिमिरेले असक्षम र असफल पूर्व कार्यसमिति भंग भएपछि आफ्नो मुख्य माग पूरा भएको भए पनि आफूले अधिवेशन तयारी समितिलाई सहयोग गर्ने कि नगर्ने भन्ने कुरा नयाँ समितिको रबैयामा भर पर्ने बताएका छन्।
महा सचिव मा वाना का महासचिव सलिन वस्नेत को चर्चा छ।

प्रतिक्रिया