
डि पी ढुंगेल विराटनगर — ४ मोरङ
विराटनगर ४ स्थित रुद्रेश्वर शिव पञ्चायन मन्दिर सेवा समितिको आयोजनामा एक महिने पुरुषोत्तम पुराण कथावाचन तथा महात्मा समापन आइतबार भएको हो। पुरुषोत्तम महिना भगवानको महिना सरह भएकोले स्थानीयवासीले एक महिनासम्म व्रत बसी विश्व शान्तिको कामना गर्दै पुरुषोत्तम पुराण समापन भएको जनाइएको छ । पण्डित रोहित गौतम द्वारा कथावाचन तथा पाठ सम्पन्न भएको हो ।

समाजमा अमन चयन शान्ति सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक महिने पुरुषोत्तम पुराण आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नुर्जा तिम्सिनाले जानकारी दिनुभयो । सयौँको सङ्ख्यामा रहेका भक्तजनहरूले स्वतस्फुर्त आफ्नो गच्छे अनुसार आर्थिक सहयोग बाट पुराण सम्पन्न भएको समितिकी सदस्य बुनु ढुंगेलले जानकारी दिनुभयो । सनातनी हिन्दू धर्म अनुसार पुरुषोत्तम महिना लाई पवित्र महिना सम्झेर एक महिनासम्म श्रद्धालु भक्तजनहरू व्रतबसी राम लीला कृष्ण लीला शिवलीला विष्णु भगवान आरती भजन लगायत कार्यक्रमहरू सम्पन्न भएको आयोजक समितिले जनाएको छ । दैनिक बिहान पूजापाठ र आरती सन्ध्याकालीन पूजापाठ र आरती तथा कथा वाचन पण्डित गौतमको सहभागितामा सम्पन्न भएको जनाइएको छ ।


प्रतिक्रिया