
न्यु जर्सी, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) न्यू जर्सी च्याप्टरले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा विविध विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

“INAS New Jersey 213th Bhanu Jayanti Celebration, Art Exhibition, Poetry & Literature Program 2026” शीर्षकमा आयोजना हुन लागेको उक्त कार्यक्रम आगामी जुलाई ११, २०२६ (शनिबार) का दिन न्यू जर्सी बुद्धिस्ट विहार एण्ड मेडिटेशन सेन्टर, 4299 Route 27, Princeton, NJ 08540 मा बिहान ११:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममार्फत नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै कला, भाषा, कविता, साहित्य, चित्रकला तथा सांस्कृतिक अभिव्यक्तिका माध्यमबाट उहाँको अतुलनीय योगदानलाई स्मरण गरिनेछ। कार्यक्रममा चित्रकला प्रदर्शनी, कविता वाचन, साहित्यिक प्रस्तुति, साहित्यिक गोष्ठी तथा अन्य विविध सांस्कृतिक एवं सिर्जनात्मक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।

ईनास न्यू जर्सीले न्यु जर्सी राज्य तथा आसपासका क्षेत्रहरूमा रहेका कलाकार, स्रष्टा, साहित्यकार, चित्रकार, कवि तथा कला–साहित्यप्रेमी सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा सहित खुला आह्वान गरेको छ। कार्यक्रममा आफ्नो सिर्जना, कला तथा साहित्यिक प्रस्तुति प्रस्तुत गर्न इच्छुक व्यक्तिहरूलाई सहभागिताका लागि उपलब्ध गराइएको Google Form भर्न अनुरोध गरिएको छ।
https://forms.gle/C1NuC5HjxKN2Hex89
ईनास न्यू जर्सीका अनुसार यस कार्यक्रमले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तासम्म यसको हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

थप जानकारीका लागि:
कबिना महर्जन – अध्यक्ष
पूजा कर्माचार्य – महासचिव
ईमेल: [email protected]
आयोजक:
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) न्यू जर्सी च्याप्टर
प्रतिक्रिया