ट्रम्पको कडा चेतावनी: “इरानमाथि आज राति ठुलो आक्रमण हुँदै, तेल उद्योग आफ्नो नियन्त्रणमा लिने”

इनेप्लिज २०८३ जेठ २८ गते १४:११ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि आज राति “धेरै कडा” प्रहार गर्ने चेतावनी दिएका छन्। 

उनले सामाजिक सञ्जालमा लेख्दै नजिकैको भविष्यमा इरानको महत्त्वपूर्ण ‘खार्ग टापु’ सहित त्यहाँको सम्पूर्ण तेल र ग्याँस उद्योगलाई आफ्नो पूर्ण नियन्त्रणमा लिने धम्की दिएका हुन्।

यो चेतावनी अमेरिका र इरानबिच लगातार दोस्रो दिन भएको भीषण आक्रमणपछि आएको हो। यसले गर्दा मध्यपूर्व क्षेत्रमा फेरि एउटा ठुलो युद्ध सुरु हुने खतरा बढेको छ। 

इरानमा बिहीबार बिहानसम्म जारी रहेको अमेरिकी आक्रमण अघिल्लो दिनको तुलनामा अझ बढी शक्तिशाली र व्यापक देखिएको थियो।

यता इरानले आफ्नो देशमा के-कति क्षति भयो भन्नेबारे धेरै जानकारी सार्वजनिक गरेको छैन। 

तर, उसले अघिल्लो दिन जस्तै अमेरिकालाई साथ दिइरहेका छिमेकी देशहरू कुवेत, बहराइन र जोर्डनतर्फ पनि जवाफी क्षेप्यास्त्रहरु प्रहार गरेको बताएको छ।

दुवै देश पछि हट्न तयार नहुँदा स्थिति झन् संवेदनशील बन्दै गएको छ।

प्रतिक्रिया