
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय गाडीसम्बन्धी सूचना चुहावट गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै आरोप प्रमाणित गर्न खुला चुनौती दिएका छन्। संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूविरुद्ध सुनियोजित रूपमा चरित्रहत्या गर्न खोजिएको आरोप लगाए।
प्रधानमन्त्री बालेन शाहले पत्रिकाका बिज्ञापन रोके पछि डा वाग्लेलाई बदनाम गर्न सॅचार माध्यम लागे पछि डा बाग्लेले सॅचारमाध्यमलाई कडा दनक दिएका छन् ।
हार्वर्ड विश्वविद्यालय तथा विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूमा लामो अनुभव बटुलेका विश्वप्रसिद्ध अर्थशास्त्री डा. वाग्लेले , “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्। म राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु।”
उनले आफ्नो जीवनभरको इमानदार छवि धुमिल्याउने प्रयास भइरहेको गुनासो गर्दै प्रमाणविना आरोप लगाएर जनतामा भ्रम फैलाउने काम भएको बताए। “नैतिकताको उच्च मापदण्डमा उभिएर बनाएको मेरो सार्वजनिक छविलाई कमजोर बनाउन नियोजित प्रयास भइरहेको छ,” उनले भने।
यसैबीच, प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्रीले सरकारले समता, सामाजिक न्याय र समावेशी आर्थिक वृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी गरे। विपक्षी दलहरूले बजेट संविधानको मर्मविपरीत रहेको आरोप लगाए पनि उनले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरे।
“संविधानको बिरुद्धमा बजेट आएको भन्ने आरोप तथ्यहीन छ,” उनले स्पष्ट शब्दमा भने, “हामीले समतासहितको आर्थिक वृद्धि, समन्यायिक समुन्नति र समृद्धिलाई बजेटको केन्द्रमा राखेका छौँ।”
डा. वाग्लेले बजेटमा ‘समाजवाद’ शब्द प्रत्यक्ष रूपमा उल्लेख नभए पनि त्यसको मूल भावना र समताको कार्यसूचीलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास गरिएको बताए। सरकार आफ्नो पाँचवर्षे प्रतिबद्धता, नीति, कार्यक्रम र जनताले अनुमोदन गरेको एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले बजेट, नीति तथा कार्यक्रम र शासकीय सुधारबीच अभूतपूर्व समन्वय रहेको दाबी गर्दै आलोचकहरूलाई तथ्यका आधारमा बहस गर्न आग्रह गरे। “हामीले गरेका वाचा र जनताले दिएको जनादेश नै हाम्रो अर्जुनदृष्टि हो,” उनले जोड दिए।
यता उत्तर अमेरिका स्थित वासिंटन डी.सी.बाट नेपालीहरुको बहुराष्ट्रीय स्वयंसेवी छाता संस्था एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज़ (एएनए)का अध्यक्ष खगेन्द्र अधिकारी ले माननीय अर्थ मंत्री डा. स्वर्णिम वाग्ले प्रति सबै विपक्षीहरु बाट वाहाको प्रगति, देश र नेपाली जनताको निःस्वार्थ सेवा प्रवाहमा पुर्याई रहेको योगदानमा जलन भएर राजनीतिक र षड्यंत्रकारी चाल चालेर धमिलो पानीमा माछा मार्ने प्रतिशोध साधेंका छन् ।
यो देश र स्वदेशी एवं प्रवासी नेपालीहरुका लागि खतरनाक कदम छ भनेर संस्थागत रुपमा र स्पष्ट रुपमा सुरुवाती मैं बताई सकेका छन्।
अध्यक्ष अधिकारीका अनुसार डा. वाग्ले निर्दोष र ईमानदार छबि भएका सर्वत्र परिचित विद्वान व्यक्तित्व हुन भनेर सार्वजनिक रुपमा घोषणा नै गरेका छन् भन्ने बिषयमा पनि सबै जानिफकार छन् भनेर पुनः संप्रेषित गरिन्छ।
प्रतिक्रिया