पद गुमे पनि जनताको साथ गुमेको छैन’—आयोगको निर्णयपछि सुरेश थापाको प्रतिक्रिया

बेद प्रसाद घिमिरे २०८३ जेठ २७ गते ११:२२ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई अन्य राजनीतिक दलमा प्रवेश गरेका ओखलढुंगाका तीन वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ। आयोगको निर्णयअनुसार मोलुङ गाउँपालिका–१ का कमलबहादुर बानियाँ, मोलुङ गाउँपालिका–६ का कमल तामाङ तथा चम्पादेवी गाउँपालिका–७ का सुरेश कुमार थापाको पद रिक्त भएको हो।

संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार दल त्याग गरी अर्को दलमा आबद्ध भएको पुष्टि भएपछि उक्त निर्णय गरिएको आयोगले जनाएको छ। आयोगको निर्णयसँगै सम्बन्धित वडाहरूमा रिक्त पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

निर्णय सार्वजनिक भएपछि चम्पादेवी गाउँपालिका–७ का सुरेश कुमार थापाले असन्तुष्टि जनाउँदै आफू जनताको बीचमै रहेर राजनीतिक र सामाजिक गतिविधि जारी राख्ने बताएका छन्। उनले पदभन्दा ठूलो कुरा जनताको विश्वास र समर्थन भएको उल्लेख गर्दै न्यायका लागि कानुनी बाटो अपनाउने संकेत गरेका छन्।


यसैबीच, सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया व्यक्त गर्दै थापाले आफू १४ वर्षको उमेरदेखि गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता र संघीयताको स्थापनाका लागि संघर्षरत रहेको बताएका छन्। उनले पद गुमे पनि जनताको साथ नगुमेको उल्लेख गर्दै सधैं जनताकै बीचमा रहेर सामाजिक काम गर्ने, न्यायालयबाट न्याय प्राप्त हुने विश्वास राखेको र अन्यायविरुद्ध तथा न्यायको पक्षमा उभिन चम्पादेवीवासीलाई आग्रह गरेका छन् ।उनी फेसबुकमा लेख्छन म १४ बर्षकाे कलिलै उमेरमा गणतन्त्र स्थापना गर्न लडे,समाबेसी समानुपातिक धर्मनिरिपेक्षता तथा संघिय ब्यबस्था स्थापनाकाे लागी संघर्ष गरे,शाेषन दमन अन्याय अत्याचारको बिरुद्ध लडे,मैले र मेराे पुस्ताले लडेर ल्याएकाे गणतन्त्रमा धेरैले बिभिन्न राजकिय पद प्राप्त गर्नु भएकाे छ,तर ति मध्य केहिले पदकाे दुरुपयाेग गर्दै भ्रष्टाचारमा संलग्न भइ समाजमा कलंकित बन्न पुगेका छन, आज तिनै ब्याक्ती हरु मेराे पद गयाे भनेर खुसी मान्दै हुनुहुन्छ हेक्का रहाेस नेपालकाे संबिधान ले कुनै दलले निर्णय गरेर सिफारिस गरेकाे आधारमा स्थानीय तहकाे पद जाने कुरा परिकल्पना गरेकाे छैन ,त्यसैले म सधै जनताकाे बिचमा सामाजिक काममा निरन्तर रहनेछु,दुइ चार दिन रमाइलाे गरेर खुसी मनाउने हरुलाइ न्यायलयले उचित जबाफ दिने छ त्यसपछि जनताकाे बिचमै भेट गराैला, राजनैतिक सिपाही हु म यसकाे जबाफ फागुन २१ मा चाैथाे हुने हरुलाइ जसरी मैदानमै जबाफ दिएकाे थिए त्यसरी न‌ै अब जनताकाे बिचमा रहेर जबाफ दिने छु ,अन्याएकाे बिरुद्ध न्यएकाे पक्षमा आबाज उठाउने सम्पुर्ण चम्पादेबी बासी आमा, बुवा,दाजु, भाइ तथा दिदी बहिनी हरुलाइ न्याएकाे पक्षमा उभिन हार्दिक अनुराेध गर्दछु।

प्रतिक्रिया