निर्वाचन सम्बन्धी विद्यार्थीलाई अभिमुखीकरण

इनेप्लिज २०८३ जेठ २६ गते २२:२६ मा प्रकाशित

डि पी ढुंगेल

विराटनगर : मोरङको रङ्गेली नगरपालिका १ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ९ र कक्षा १० का ७० जना विद्यार्थीलाई मंगलबार विद्यार्थी मतदाता निर्वाचन शिक्षा विषयमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालय का शाखा अधिकृत चोलाराज दंगालले विद्यार्थीहरूलाई अभिमुखीकरणमा मा सहजीकरण गर्नुभएको जनाइएको छ। बदर मतको सङ्ख्या घटाउने निर्वाचन आचारसंहिता पालना गर्ने निर्वाचन ऐन कानुन विधिविधान निर्वाचनमा अभिभावकको भूमिका निर्वाचनमा विद्यार्थीको भूमिका स्थानीय तह निर्वाचन प्रदेश सभा निर्वाचन प्रतिनिधिसभा निर्वाचन लगायत विविध विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण मार्फत मतदाता विद्यार्थी शिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको जनाइएको छ ।

कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लामा विद्यार्थी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए । कोशी प्रदेश निर्वाचन कार्यालयका कर्मचारी त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानिया सहायक प्रधानाध्यापक टंकबहादुर खत्री शिक्षकहरू लगायतको सहभागिता रहेको जनाइएको छ। अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले निर्वाचन सम्बन्धी निर्वाचन ऐन कानुन सम्बन्धी विभिन्न प्रश्नहरु निर्वाचन कार्यालयका शाखा अधिकृत चोलाराज टंगाललाई सोधेका थिए। विद्यार्थीहरूको प्रश्नको जवाफ शाखा अधिकृत दंगालले दिनुहुँदै विद्यार्थीहरूले चासोका साथ निर्वाचन सम्बन्धी विभिन्न विषयवस्तु ध्यानपूर्वक सुनेका र हेरेका थिए । सो अवसरमा निर्वाचन सम्बन्धी वित्तचित्र समेत देखाइएको थियो । यस प्रकारका कार्यक्रमले बदरमतको प्रतिशत घटाउन सहयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ। ।

प्रतिक्रिया