
केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८६ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको सेन्टरभिल शहरमा अवस्थित Faternal Lodge को प्रांगणमा यहि जुन महिनाको ६ तारिकका दिन भब्यताका साथ सम्पन्न भयो।
केप कड नेपाली समाजका अध्यक्ष बिष्णु मान प्रधानको सभापतित्वमा संचालित उक्त कार्यक्रममा केप कड नेपाली समाजको निमन्त्रणालाई स्वीकार गरि आफ्नो अमुल्य समय दिएर कार्यक्रममा सहभागी भैदिनुहुने विशिष्ट पाहुनाहरू, United Kirat Rai Organization of America (UKROA) न्यू ईग्ल्याण च्यापटरका अध्यक्ष कर्ण राई, UKROA का सलाहकार तथा नाकछोगं (पुजारी) बिष्णु राई, UKROA का उपाध्यक्ष मुक्ति राई, NEWAH Organization of New England का अध्यक्ष विजेन्द्र प्रधान, साथै New Hampshire र Boston बाट आउनुभएका अतिथिहरूको गरिमामय उपस्थितिले आयोजकलाई थप हौसला प्रदान गरेको थियो।
यसरी विशेष आतिथिहरू समेत उपस्थित उक्त कार्यक्रम केप कड नेपाली समाजको उपाध्यक्ष इच्छा खड्का, महासचिव सरस्वती खनाल र सचिव हर्कुलस कन्दंगवाद्वारा संयुक्त रूपमा संचालन गरेका थिए।
समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण तिमल्सिनाले कार्यक्रममा उपस्थित हुनुभएका आमन्त्रित पाहुनाहरू तथा केप कड बासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र स-साना नानीबावुहरूलाई साकेला-उभौली पर्व हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै कार्यक्रममा हार्दिक स्वागत गर्नुभएको थियो।

त्यसैगरि समाजका सदस्य तथा साकेला – उभौली कार्यक्रमका मुख्य संयोजक आदर्श राईले साकेला उभौली पर्वको शुभकामना ब्यक्त गर्दै यो पर्व के हो, किन र कसरी मनाईन्छ भन्नेबारे सरल भाषामा थप प्रष्ठ पार्नुभयो। संयोजक राईका अनुसार, साकेला किंरात समुदायको मुख्य चाड हो र यसैको मार्फतबाट वर्षको दुईपटक बिशेष गरि खेतीबाली लगाउने बेला (उभौली) बालीनाली भित्राउने बेला (उधौली) प्रकृतिको पुजा तथा विशेष खालको नाचगानद्वारा पुर्खाहरूलाई सम्मान र धन्यवाद ब्यक्त गर्ने प्रचलन रहिआएको जानकारी गराउनुभयो।
त्यसैगरि कार्यक्रममा आमन्त्रित अतिथि, NEWAH Organization of New England का विजेन्द्र प्रधान, UKROA New England Chapter का अध्यक्ष कर्ण राई र UKROA America का उपाध्यक्ष मुक्ति नारायण राईले पनि उपस्थित सबैमा साकेला उभौलीको शुभकामना ब्यक्त गर्दै सबै नेपाली समुदायहरूको सद्भावपुर्ण सक्रिय सहभागिता रहेको यो सांस्कृतिक पर्वको अवसरमा सहभागी भई शुभकामना आदान-प्रदान गर्ने अवसर दिएकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो।
यसैगरि UKROA का सल्लाहकार तथा नाकछोगं बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा प्रष्ठ पार्दै उपस्थित सबैलालाई उभौलीको हार्दिक मंगलमय शुभकामना संदेश दिनुभयो। यसैक्रममा वहांले केप कड नेपाली समाजले विगत वर्षहरूमा जस्तै सबै नेपाली समुदायहरूलाई एकजुट गराएर साकेला-उभौली कार्यक्रमआयोजना गरि निरन्तरता दिएकोमा समाजको कार्यको खुलेर प्रशंसा गर्नुभएको थियो र उहांले दावाका साथ भन्नु भयो, केप कड नेपाली समाज, एउटा यस्तो केप कड वासी नेपालीहरूको साझा संस्था हो जो संसार भरिकै नेपालीहरूको संस्था मध्ये साकेला मनाउने पहिलो संस्था हो।
यस कार्यक्रमको प्रमुख आकर्षण र महत्वपूर्ण पक्ष “साकेला- उभौली पुजा” साथै “चण्डी नाच नाकछोगं बिष्णु राई, सिली मोपा (सीताराम राई), सिली मोमा (अर्पणा राई) र ढोलेहरू (दिल बारेलुंग र नुरूहांग राई) बाट शुभारम्भ गरिएको थियो।
त्यसैगरि, समाजका आजीवन सदस्य दीर्घ राई, संस्थापक अध्यक्ष तथा सलाहकार हरि राई साथै भुतपुर्व अध्यक्ष तथा सलाहकार केबी राईले संयुक्त रूपमा केप कड नेपाली समाजका अध्यक्ष लगायत सम्पूर्ण टिमलाई कार्यक्रम आयोजना गरि सफल पार्नमा मुख्य भूमिका निभाएकोले राईहरूको संस्कार र रीतअनुसार सायाचुंग ( शिर उभ्याउने) गरि सधन्यवाद सम्मान ब्यक्त गर्नुभयो।
अन्त्यमा, कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष बिष्णु मान प्रधानले केप कड नेपाली समाजले आयोजना गरेको यस साकेला उभौली पर्वमा आमन्त्रित सबै पाहुनाहरू र उपस्थित सम्पूर्ण केप कड बासीहरूलाई शुभकामनाका ब्यक्त गर्नुका साथै वहांहरूले दिनुभएको अमुल्य समय, साथ र सहयोगको लागि धन्यवाद ज्ञापन समेत गर्नुभयो। यसैगरि वहांले यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने बिभिन्न समितिका संयोजक तथा सदस्यहरू, कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहाकारहरू, स्वयमसेवी सदस्यहरू र प्रायोजकहरू लाई पनि धन्यवाद दिनुभयो।अन्त्यमा, औपचारिक कार्यक्रमको समापन भएको जानकारी गराउदै सबैलाई यसपछि हुने साकेला उभौली पुजा र नाचमा सक्रिय सहभागी भई भरपुर मनोरंजन गर्न प्रोत्साहन गर्नुभयो।
प्रतिक्रिया