
अमेरिकाको ओहायो राज्यमा गत शुक्रबार जुन ५ क दिन घरेलु हिंसाको आरोप लगाईएका व्यवसायी तथा एनआरएनए ओहायोका सचिव विज्ञान भट्टराईलाई अदालतले इज्जत साथ् बिना धरौटी र बिना सर्त रिहा गरेको छ ।
भट्टराईलाई जुन ८ सोमबारका दिन ३ बजे दिउसो अदालतले रिहा गरेको छ । न्यायाधिशले कुनै केही दोष नलगाई रिहा गरेको हो । पेशाले कम्प्युटर नेटवर्किङ्ग अर्थात् सूचनाप्रविधिका बिज्ञ तथा सफल स्थापित व्यवसायी हुन् । साथै उनि नोटरी पब्लिक अर्थात् सार्वजनिक प्रमाणक”हुन् । उनलाई न्यायाधिशले इतिहासमा कहिले पनि कुनै घरेलु हिंसा तथा अन्य कुनै कहिले बिषयमा कुनै दाग नभएको पाए पछि रिहा गरिएको भट्टराईले ईनेप्लिजलाई बताए ।
उनका अनुसार न्यायाधिशले उनको मिसिल (फाइल)अध्ययन गरे पछि अदालतमै न्यायाधिश सामु नै उपस्थिति नै नभई उनलाई रिहा गरिनुले उनलाई लगाईएको आरोप स्वत खारेज भएको छ । ईनेप्लिजलाई भट्टराईले जानकारी दिए अनुसार उनकी श्रीमतीले सम्बन्ध बिच्छेदको मुद्धा समेत दायर गरि सकेको जनाए ।
गत शुक्रबार अमेरिकाको ओहायो राज्यस्थित ‘लिकिङ काउन्टी’ कारागारमा भट्टराईलाई थुनामा राखिएको थियो । काउन्टीका अनुसार उनलाई सन् २०२६, जुन ५ तारिखका दिन बिहानको ९:५४ बजे हिरासतमा राखिएको थियो ।

भट्टराईमाथि मुख्य गरी दुईवटा आरोप लगाईएको थियो । पहिलो घरेलु हिंसा र दोश्रो धम्की दिने कार्य रहेका थिए । उनलाई ‘आर.वाई.पी.डी.’ नामक स्थानीय प्रहरी निकायले पक्राउ गरेको थियो । तर न्यायाधिशले मिसिल हेरे पछि सबै आरोपहरु झुटा भएका छन् । अर्थात् भट्टराईले निष्पक्ष न्याय पाएका छन् । उनको शानदार रिहा भएको छ ।
उनि गैर आबासिय नेपाली संघ ओहायो च्याप्टर २०२५-२०२७ कार्यकालका सचिब हुन् । उनि नेपाल झापा घर भई हाल भुटानी महिलासग बिबाह गरेर बिगत दशकौ देखि ओहायोमा बस्दै आएका छन् । आफ्नो व्यवसाय पनि राम्रो संचालन गरिरहेका छन् ।

ईनेप्लिजले गत शुक्रबार समाचार प्रकाशित गरेको थियो । प्रहरीले पक्राउ गर्दैमा कोही पनि व्यक्ति तुरुन्तै दोषी ठहरिँदैन भनेका थियौ । अदालतले प्रमाणहरू हेरेर ‘दोषी’ प्रमाणित नगरेसम्म कानुनको नजरमा ती व्यक्तिलाई निर्दोष नै मानिन्छ भनि लेखेका थियौ । विज्ञान भट्टराईको पक्षमा अदालतको अन्तिम फैसला आई उनि रिहा भै घर पुगी सकेका छन् । गत शुक्रबारको प्रकाशनमा ईनेप्लिजले निकै सन्तुलन रुपमा समाचार प्रकाशन गरेका थियौ ।
ईनेप्लिज यस्ता संबेदनशील बिषयमा कलम चलाउदा गम्भीर रहने गर्छ । भूलवस केही त्रुटी भएमा क्षमाप्रार्थी छौ ।
उनलाई ईनेप्लिजको तर्फबाट हार्दिक बधाई !
प्रतिक्रिया