डीएमभी समर पिकनिक २०२६ भव्य रूपमा सम्पन्न

इनेप्लिज २०८३ जेठ २५ गते १०:१९ मा प्रकाशित

च्यान्टिली, भर्जिनिया, अमेरिका। असोसिएसन अफ नेपाली तराई इन अमेरिका(एन्टा ) को आयोजनामा आज भर्जिनियाको Richard W. Jones Park मा डीएमभी समर पिकनिक २०२६ उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली समुदायका परिवार, ज्येष्ठ नागरिक, युवा तथा बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्वादिष्ट नेपाली परिकार, खेलकुद, संगीत, नृत्य, मनोरञ्जनात्मक गतिविधि तथा सामुदायिक भेटघाटले कार्यक्रमलाई विशेष आकर्षक बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एन्टाका अध्यक्ष मोहन यादव ले भन्नुभयो:

“यो कार्यक्रम हाम्रो समुदायका सदस्यहरूबीच समर समयको भेटघाट, ज्येष्ठ नागरिकहरूसँग आत्मीय सम्बन्ध विस्तार गर्ने, हालै स्नातक भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान व्यक्त गर्ने, साथै खेलकुद, संगीत, नृत्य र बाह्य मनोरञ्जनात्मक गतिविधिमार्फत समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको हो।”

उहाँले थप भन्नुभयो:

एन्टाको पिकनिक केवल एउटा सामूहिक मिलन कार्यक्रम मात्र होइन। हामी नेपाली तथा विशेषगरी मिथिला संस्कृति, भाषा, परम्परा र धार्मिक मूल्यहरूको संरक्षण तथा प्रवर्द्धनप्रति प्रतिबद्ध छौं। नेपालमा विशेष पहिचान बनाएको मिथिला संस्कृतिलाई अमेरिकामा पनि उजागर गर्ने उद्देश्यले एन्टाले विगतदेखि विभिन्न सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायलाई अझ सशक्त र एकताबद्ध बनाउने हाम्रो प्रतिबद्धता रहेको छ।”

कार्यक्रमको सफलतामा एन्टा का पूर्व अध्यक्ष विजय कुमार सिंह, एन्टा डीसी च्याप्टर का पूर्व अध्यक्ष अनिल दुबेदी, धर्मेन्द्र ठाकुर, सुनील द्विवेदी, भर्जिनिया च्याप्टर अध्यक्ष अरविन्द्र मण्डल, म्यारिल्याण्ड च्याप्टर अध्यक्ष राजेश गुप्ता, सक्रिय स्वयंसेवक कुमार चौधरी लगायत अन्य स्वयंसेवक तथा समुदायका सदस्यहरूको महत्वपूर्ण योगदान रहेको थियो। उहाँहरूले आफ्नो समय, श्रम, अनुभव, कला, नेतृत्व तथा सामूहिक सहभागितामार्फत कार्यक्रमलाई सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।

अध्यक्ष मोहन यादवले कार्यक्रमको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, समुदायका अगुवा, सहभागी परिवार, युवा तथा सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सामूहिक प्रयास, एकता र समुदायप्रतिको समर्पणकै कारण कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो।

एन्टाको पिकनिक केवल एउटा सामूहिक मिलन कार्यक्रम मात्र होइन। हामी नेपाली तथा विशेषगरी मिथिला संस्कृति, भाषा, परम्परा र धार्मिक मूल्यहरूको संरक्षण तथा प्रवर्द्धनप्रति प्रतिबद्ध छौं।

कार्यक्रममा विभिन्न खेलकुद, सांगीतिक प्रस्तुति, नृत्य, पारिवारिक मनोरञ्जन तथा सामुदायिक अन्तरक्रियाले विशेष आकर्षण थपेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव, मित्रता, सांस्कृतिक संरक्षण तथा सामाजिक एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

अन्त्यमा अध्यक्ष मोहन यादवले कार्यक्रमको समाचार सम्प्रेषण तथा कभरेजका लागि सम्पूर्ण सञ्चारकर्मी, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, स्वयंसेवक, सहयोगी तथा सहभागी समुदाय सदस्यहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।


Association of Nepali Teraian in America – ANTA

प्रतिक्रिया