
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्रमा चर्चित गायक पशुपति शर्माको अभिनय रहने भएको छ। चलचित्रको नाम भने हाल गोप्य राखिएको छ।
प्राप्त जानकारीअनुसार चलचित्रका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् भने निर्माता रघुनाथ सापकोटा रहेका छन्। चलचित्र आगामी असारको दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको बताइएको छ।
लोकदोहोरी गायनमार्फत नेपाली दर्शकमाझ विशेष लोकप्रियता हासिल गरेका पशुपति शर्माले अब चलचित्रमार्फत पनि आफ्नो फरक क्षमता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली चलचित्र बजारमा एकै प्रकारका कथावस्तु र सीमित कलाकारहरूको वर्चस्व देखिएको अवस्थामा शर्माको प्रवेशले नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।
गायन क्षेत्रमा जस्तै अभिनयमा पनि पशुपति शर्माले दर्शकको मन जित्न सफल हुने र चलचित्र क्षेत्रमा नयाँ चर्चा सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया