
वाशिंगटन डिसी – अमेरिकाको राजधानी क्षेत्र भर्जिनिया , म्यारिल्यॉण्ड यरियामा रहेका शेरचन , गौचन , तुलाचन , भट्टचन ( थकाली ) हरूको जमघट् भएको छ ।

बाल्टिमोर नजिकै ईलिकट् सिटीमा आईतबार भएको उक्त भेला अमेरिकी सेनाका पूर्ब मेजर यांग्जी शेर्पा शेरचन र मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा० समेन्द्र शेरचनको संयोजनमा भएको थियो ।

नर्थ अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी ANS वाशिंगटन डिसी ( १९६७ ) का पूर्ब अध्यक्ष खेम भट्टचन लगायत भर्जिनिया , म्यारील्यॉण्ड राज्यमा रहेका थकालीहरू उक्त भेलामा उपस्थित थिए ।
केही बर्ष पहिले होनीग्यु ब्लुभार्ड बाल्टिमोरमा आयोजित थकाली पर्ब “ तोरन्ल्ह “ कार्यक्रम तत्कालिन अमेरिकाका राजदूत हाल: भारतका लागी महामहिम् राजदूत डा० शंकर शर्माले उद्घाटन गरेका थिए । नेपालका बरिस्ठ अर्थशास्त्री हाल: भारतका लागी नेपाली राजदूत डा० शर्माले आफ्नो उद् घाटन भाषणमा :- नेपालमा “ थकाली जाती आर्थिक रूपले सम्पन्न जाती हो “ भनेका थिए ।

प्रतिक्रिया