
बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोर शहरमा नेपाली नेवाः समुदायको पहिलो ऐतिहासिक ‘युएसए नेवाः सम्मेलन तथा साधारण सभा’ भव्यताका साथ सम्पन्न भएको छ। अप्रिल २४ देखि २६ दुइ दिन सम्म चलेको यस विशेष कार्यक्रमले अमेरिकामा नेपाली पहिचान र एकताको एउटा बलियो सन्देश दिएको छ।
यस कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण पक्ष मेरिल्याण्डका गभर्नर वेस मुरले पठाएको सम्मान तथा प्रसॅशा पत्र थियो। गभर्नर मुरले नेवाः समुदायले समाजमा पुर्याएको योगदानको कदर गर्दै प्रशंसा गरेका छन् ।

साथै, मेरिल्याण्डका सांसद डा. ह्यारी भण्डारी( विधा वारिधी)ले पनि संस्थाको सामाजिक सेवाको उच्च प्रशंसा गर्दै सम्मान पत्र तथा मेरील्याण्डको झन्डा प्रदान गरे ।
‘वर्ल्ड नेवाः अर्गनाइजेसन युएसए’ को आयोजनामा भएको यस सम्मेलनमा अमेरिकाभरिका नेपालीहरूका साथै जर्मनी र नेपालबाट समेत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विदेशमा बसेर पनि आफ्नो पुर्खाको भाषा, कली, संस्कृति र परम्परालाई कसरी जीवित राख्ने र अमेरिकामा हुर्किरहेका नयाँ पुस्ताका विद्यार्थीहरूलाई कसरी आफ्नो संस्कार सिकाउने भन्ने विषय नै यो सम्मेलनको मुख्य उद्देश्य थियो।
सम्मेलनमा नेवाः संस्कृतिका विभिन्न पाटोहरू देख्न पाइन्थ्यो। परम्परागत धिमे बाजाको धुन, लाखे नाच र नेवारी भेषभूषाले बाल्टिमोरको वातावरण नै नेपालमय बनेको थियो। कार्यक्रमको पहिलो दिन विभिन्न संघ-संस्थाहरूलाई सम्मान गरियो भने दोस्रो दिन विशेष छलफल र मन्तव्यहरू राखिएका थिए।

सांसद डा. ह्यारी भण्डारी( विधा वारिधी)ले आफ्नो भाषणमा निकै प्रेरणादायी कुराहरू राखे । उनले आफ्नो संघर्षको दिन सम्झँदै भने , कुनै एक समय ग्यास स्टेसन( इन्धन चौकी) काम गर्ने व्यक्ति आज अमेरिकी मतदाताहरूको विश्वासले दुई पटक सांसद बन्न सफल भए ।

उनले नेवाः समुदायले देश र समाजका लागि गरेको कामको प्रशंसा गर्दै नयाँ पुस्तालाई अमेरिकी समाजमा घुलमिल हुँदै आफ्नो जरा नबिर्सन सुझाव दिए । साथै उनिहरुलाई अमेरिकी वन्न समेत सुझाव दिए ।
कार्यक्रममा नेपाली दूतावासकी राजनैतिक सल्लाहकार अरुणा घिसिङ्ग, डव्लुएनओ अमेरिका च्याप्टरका अध्यक्ष प्रमेश श्रेष्ठ लगायतका वक्ताहरूले नेवाः समुदायको महत्व र उपलब्धिबारे चर्चा गरे । श्रेष्ठले नेवा समुदायको अमेरिकी आगमन सम्बन्धी विशेष रोचक तथा अनुसन्धात्मक विशेष जानकारी प्रस्तुती गरे ।

सम्मेलनको अन्त्य अन्त्यमायाँ डव्लुएनओ अमेरिका च्याप्टरको कार्यसमितिको घोषणा र शपथ ग्रहण कार्यक्रम पनि भयो।
वर्ल्ड नेवाः अर्गनाइजेसन युएसए च्यापटरको अध्यक्षमा बासव राजोपाध्यायको नेतृत्वमा समिति समेत घोषणा गरियो।

साथै अन्तमा सहभागीहरूले नेवारी संस्कृतिको विशेष भोज ‘झ्वो भ्वये’ (लस्करै बसेर खाइने भोज) को स्वाद लिँए । यसै गरि सम्मेलनमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुति पनि गरियो ।
आइतवार विहानै देखि सबैजना आ-आफ्ना गन्तव्य तिर लाग्न थालेका छन् ।

प्रतिक्रिया