
सम्माननीय प्रधानमन्त्रीज्यू,
श्री बालेन्द्र शाह (बालेन)
नेपाल सरकार, सिंहदरबार, काठमाडौँ।
विषय: ऐतिहासिक नियुक्ति तथा कार्यकालको सफलताको हार्दिक शुभकामना। सम्माननीय प्रधानमन्त्रीज्यू,
एसोसिएशन अफ नेपाली तराइयन्स इन अमेरिका (ANTA) र सम्पूर्ण मधेशी डायस्पोराको तर्फबाट यहाँ नेपालको ४३ औँ प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजको यो दिन नेपालको झन्डै ३०० वर्षको राजनीतिक इतिहासमा एउटा स्वर्णिम अक्षरले लेखिने क्षण हो।
मधेशी समुदायबाट देशको नेतृत्व सम्हाल्ने यहाँ पहिलो प्रधानमन्त्री हुनुभएको छ, जसले विश्वभर रहेका मधेशी र नेपालीहरूमा खुसी, आत्मसम्मान र नयाँ उर्जा भरेको छ। १०८ बटुक, १०८ लामा र ७ ब्राह्मणहरूको पावन उपस्थितिमा भएको यहाँको शपथ ग्रहण समारोहले नेपालको समावेशी चरित्र, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको बलियो सन्देश दिएको छ। सन् २०२६ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ले प्राप्त गरेको ऐतिहासिक विजयले नेपाली जनता परिवर्तन, सुशासन र युवा नेतृत्वको पक्षमा रहेको स्पष्ट पारेको छ। मधेश, पहाड र हिमालका आवाजहरूलाई मूलधारमा समेट्दै समृद्ध नेपाल निर्माण गर्ने यहाँको महान अभियानमा अमेरिकामा रहेका हामी सम्पूर्ण नेपालीहरूको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछौँ। यहाँको कार्यकाल पूर्ण सफल रहोस् र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले यहाँको नेतृत्वमा नयाँ युगको सुरुवात गरोस् भन्ने कामना गर्दछु।
भवदीय
मोहन कुमार यादव
अध्यक्ष
एसोसिएशन अफ नेपाली तराइयन्स इन अमेरिका (ANTA)
संयुक्त राज्य अमेरिका (USA)

प्रतिक्रिया