
आरबि ग्रुप र माई रुट्स एण्ड रोड नेपालको सहकार्यमा तयार गरिएको नयाँ गीत “नेपाल उठ्छ मिसन २०३१” सार्वजनिक गरिएको छ। यस गीतले ३ करोड नेपालीको साझा सपना र आकांक्षालाई समेट्दै, २०३१ सम्म प्रति व्यक्ति आय $३००० nominal) पुर्याउने राष्ट्रिय लक्ष्यलाई उजागर गरेको छ।
भावनात्मक सन्देशसहित प्रस्ततु गरिएको यो गीतले नयाँ सरकार प्रति जनताको स्पष्ट अपेक्षा—जवाफदेहिता, परिणाममुखी काम र तीव्र सामाजिक–आर्थिक रुपान्तरणलाई सरल र प्रभावकारी ढंगले प्रस्ततु गर्छ।
देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरू समेत जोड्ने यो गीतले सकारात्मक सोच,छलफल र परिवर्तन तर्फ अग्रसर हुन प्रेरित गर्ने विश्वास लिइएको छ।
गीतका रचनाकार रामु बिश्वकर्मा भन्छन् ,“यो गीत केवल संगीत होइन, ३ करोड नेपालीको साझा सपना र नयाँ सरकार सँगको स्पष्ट अपेक्षा हो,”
गीतको भिडियो यहाँ हेर्न सक्नहुुन्छ:
ू
प्रतिक्रिया