
रास्वपाका वरिष्ठ नेता बालेन शाहको ऐतिहासिक जित भएको छ । उनले घमण्डी,दम्भी र देश ब्रम्हलुट गर्ने अपदस्त केपी शर्मा ओलीलाई लज्जास्पद हराएका छन् ।
नेपालको चुनावी इतिहासमा एउटा नयाँ र युगान्तकारी अध्याय कोरिएको छ। गत वर्षको ‘जेन जी’ युवा आन्दोलनको राप र तापसँगै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको आम निर्वाचनमा अभूतपूर्व र ऐतिहासिक लहर सिर्जना गरेको छ। लामो समयदेखि देशको बागडोर सम्हालेका स्थापित शक्तिहरूलाई पछि पार्दै, रास्वपा अब देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिको रूपमा उदाएको छ।
झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अपदस्त अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बालेन शाहले ऐतिहासिक रुपमा उनकै किल्लामा पराजय गरेका हुन् । उनले प्रमाण पत्र समेत लिएका छन् ।
लामो समयदेखि पकड जमाएको क्षेत्रमा बालेनको यो भारी मतान्तरको जित सामान्य चुनावी नतिजा मात्र होइन, यो नेपाली जनताको, विशेषगरी युवा पुस्ताको, ‘पुरानो नेतृत्व’प्रतिको असन्तुष्टि र ‘नयाँ विकल्प’प्रतिको तीव्र चाहनाको ज्वलन्त उदाहरण हो।
आधिकारिक नतिजा अनुसार बालेन शाहले ६८,३४८ मत प्राप्त गरी कुल मतको ६४.२९% हिस्सा ओगटेका छन् , जबकि अपदस्त केपी शर्मा ओली १८,७३४ मतसहित निकै पछि परे । उनलाई जीवन कै सबै भन्दा ठूलो झड्का लागेको छ । बालेनलाई भुसुना गन्ने ओलीको पत्ता साफ भएको छ । उनले प्रतिस्प्रद्धा नै छैन म संग भनि घमण्ड गर्थे । उनको चुरी फुरी सबै आज स्वाहा भएको छ । बालेनले तह लगाई दिएका छन् ।
३५ वर्षीय अभियन्ता (इन्जिनियर) बालेन शाहले अब देशको कान्छो प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने निश्चित भएको छ । जसले आम जनतामा एक प्रकारको नयाँ आशाको सञ्चार गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये स्पष्ट अग्रता कायम गरिरहेको छ। यो ऐतिहासिक नतिजाले वर्षौंदेखिको सत्ताको ‘सिन्डिकेट’लाई चकनाचुर पारेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पुराना दलहरू यो चुनावी आँधीको सामना गर्न नसकी रक्षात्मक अवस्थामा पुगेका छन्। जनताले पुराना राजनीतिक दलहरूलाई स्पष्ट रूपमा ‘रेड कार्ड’ देखाएका छन्।
यो नतिजा केवल चुनावी जित मात्र होइन; यो जनताले दिएको ठूलो ‘जनादेश’ हो। बालेन शाह ,रबि लामिछाने र रास्वपाको काँधमा अब देशलाई सुशासन, विकास र समृद्धिको नयाँ युगमा लैजाने ऐतिहासिक जिम्मेवारी छ। भ्रष्टाचारको अन्त्य, नीतिगत सुधार, र जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने खालको कार्यसम्पादन नै अबको सरकारको मुख्य परीक्षा हुनेछ।
नेपाली जनताले पुराना दलहरूको विकल्पमा विश्वास गरेका छन्। अबको नेतृत्वले यो विश्वासलाई डगमगाउन नदिई, पूर्ण निष्ठा र सक्षम नेतृत्वका साथ अघि बढ्नुपर्ने खाँचो छ। इतिहासको यो मोडमा, नेपाल एउटा नयाँ र उज्ज्वल भविष्यको पर्खाइमा छ।

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया