
नेपालको राजनीतिक आकाशमा अहिले एउटा यस्तो शक्तिशाली पराकम्पन सञ्चार भएको छ, जसले तीन दशकदेखि जरा गाडेर बसेका पुराना शक्तिहरूलाई नराम्ररी झस्काएको छ।
यो कुनै सामान्य राजनीतिक हेरफेर मात्र होइन, बरु ३५ वर्षसम्म देशमा चलेको ‘ब्रम्हलुट’ र कुशासन विरुद्ध नेपाली जनताले सुरु गरेको एउटा मौन तर भीषण क्रान्ति हो। यो जेन-जी र पुराना दल बीचको जनमत हो ।
वरिष्ठ नेता बालेन शाह अहिले कुनै ‘कच्चा खेलाडी’ का रूपमा होइन, बल्कि नेपाली राजनीतिको त्यो रणनीतिकार का रूपमा उदाएका छन्, जसको हरेक चालले पुराना दलका दिग्गजहरूको निद्रा हराम गरिदिएको छ।

उनी झापा क्षेत्र नम्बर ५ मा पुग्दा त्यहाँको भूगोल मात्र होइन, नेपाली जनताको आत्मविश्वास नै बदलिएको छ। बालेन झापामा केवल चुनाव लड्न गएका होइनन्, उनी त दशकौँदेखि नेपाली राजनीतिमा जरा गाडेको ‘अधिनायकवाद’ लाई चुनौती दिन र पुराना हस्तीहरूलाई विस्थापित गर्न गएका हुन्। काठमाडौँका ठूला भनिएका दलका गढहरू भत्काएका बालेनको शब्दकोशमा ‘हार’ भन्ने शब्दै छैन।
अहिले देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नेहरूको ठूलो ‘सुनामी’ आएको छ। यो लहर केवल साधारण सदस्यहरूमा मात्र सीमित छैन; अन्य ठूला दलका केन्द्रीय सदस्यहरू र पूर्व मन्त्रीहरू समेत आफ्नो पुरानो ‘किल्ला’ त्यागेर ‘घण्टी’ बोक्न आतुर देखिएका छन्। हिजोसम्म अर्कै झण्डा बोक्नेहरू आज देश बचाउन रास्वपाको शरणमा आइरहेका छन्। अब नेपाली जनता विकल्पको खोजीमा मात्र छैनन्, उनीहरूले विकल्प रोजिसकेका छन्।

रास्वपा सभापति रवि लामिछानेको बाज जस्तै तिखो र आक्रामक कार्यशैली अनि बालेन शाहको तार्किक र परिणाममुखी शैलीको मिश्रणले एउटा यस्तो अजेय शक्ति निर्माण गरेको छ, जसलाई रोक्न अब कुनै पनि घेराबन्दी सम्भव देखिँदैन। यी दुई नेता जहाँ पुग्छन्, त्यहाँ मानिसहरूको भिड मात्र लाग्दैन, त्यहाँ भावनाको एउटा ठूलो सागर नै उर्लिन्छ।
“सामाजिक सञ्जालमा डढेलोझैँ फैलिएका ती श्रब्यदृश्य (भिडियो)हरूले जो-कोहीको पनि मुटु छिया-छिया बनाउँछन्।” यो कीर्तिमानी जनलहरकुनै पैसाले किनेको भिड होइन, यो त ३५ वर्षसम्म ठगिएका र आफ्ना सन्तानलाई खाडी पठाउन बाध्य पारिएका अभिभावकहरूको भित्री पीडा र आक्रोश हो।

दमकका सडकमा बालेन ओर्लिँदाको दृश्य कुनै अन्तर्राष्ट्रिय ऐतिहासिक र्यालीभन्दा कम देखिँदैन। “बोल्दैनन्” भनी आलोचना गर्ने विपक्षीहरूलाई जवाफ दिँदै बालेनले यसपटक जनताका पीर-मर्का सुन्ने र तत्कालै समाधान दिने ‘प्रत्यक्ष संवाद’ रणनीति अपनाएका छन्। उता, वाककलाका धनी रवि लामिछाने चितवनमा ‘अपराजित योद्धा’ झैँ प्रस्तुत भइरहेका छन्।
आगामी फागुन २१, २०८२ (मार्च ५, २०२६) को निर्वाचन अब केवल मतदान प्रक्रिया मात्र होइन, यो त भ्रष्टाचार र अन्याय विरुद्ध नेपाली जनताले गर्ने अन्तिम फैसला हुनेछ।

आज देशभर एउटै गुञ्जन सुनिन्छ— “अब अति भयो, अब परिवर्तन चाहिन्छ।” जनताको यो अटुट विश्वास र आशीर्वादले संकेत गरिरहेको छ कि नेपाल अब एउटा सुनौलो र नयाँ युगमा प्रवेश गर्दैछ।

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया