
चुनाव नजिकिदै जाँदा नेपालको राजनीतिक क्षितिजमा एउटा नयाँ र शक्तिशाली अध्यायको सुरुवात भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र स्वतन्त्रताका पर्याय बनेका बालेन शाहको संयुक्त लहरले अहिले देशका कुना-काप्चालाई उद्वेलित बनाएको छ। प्युठानको विशाल आमसभामा उर्लिएको जनसागरलाई सम्बोधन गर्दै लामिछानेले विपक्षीहरूको आरोपको कडा प्रतिवाद गरे । उनले भने , “मलाई विदेशीको एजेण्टभन्नेहरूले सुनून्— म विदेशीको होइन, यो देशका ३ करोड जनताको सबैभन्दा ठूलो ‘कार्यकर्ता अर्थात् एजेण्ट’ हुँ। मलाई जनताले पठाएका हुन् र यसपटकको निर्वाचनमा स्पष्ट बहुमत ल्याएर देशको कायापलट गर्ने जिम्मेवारी मेरो काँधमा छ।”
हालै दाङको वीरेन्द्रचोकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाइएको घटनालाई लिएर रास्वपामाथि हिलो छ्याप्ने दुष्प्रयास गरियो। तर, प्रहरी अनुसन्धान र दलको आन्तरिक तथ्याङ्क प्रणालीले स्पष्ट परेको छ । प्रहरीले पक्राउ परेका तीनै जना व्यक्ति रास्वपाका आधिकारिक सदस्य वा कार्यकर्ता नभएको जनाएको छ ।
विपक्षीहरूले जनतामाझ भ्रम छर्न बालेन शाहले दमकल नपठाएको जस्ता कपोलकल्पित कथा बुने पनि नेपाली सेना र आधिकारिक निकायको स्पष्टीकरणले सत्यलाई उजागर गरिदिएको छ।
रास्वपाका कार्यक्रमहरू अचेल केवल राजनीतिक भेला रहेनन्, ती त भावनाको महाकुम्भ*बनेका छन्। पाल्पादेखि प्युठानसम्म, जहाँ जहाँ रवि र बालेन पुग्छन्, त्यहाँ वृद्धवृद्धाका आँखा रसाएका छन्। आफ्ना छोराछोरीलाई विदेश पठाउन बाध्य आमाहरूले रुँदै लामिछानेलाई अंगालो हालेर आशीर्वाद दिँदै भन्छन्— “हाम्रा सन्तान विदेश जान नपरोस्, देश बचाउने जिम्मेवारी तिम्रो हो।”
पाल्पामा एक महिलाले आँसु पुछ्दै चिच्याएको दृश्यले सामाजिक सञ्जालमा कम्पन पैदा गरेको छ। यो १०० वर्षमा एकपटक मात्र देखिने दुर्लभ जनसमर्थन हो।
३५ वर्षसम्म आलोपालो शासन गरेर देश लुट्नेहरू अहिले यो जनलहर देखेर अत्तालिएका छन्। कतिपयले यसलाई “भिड” मात्र भनेर कम आँक्ने प्रयास गरे पनि, यो भिड पैसाले किनिएको होइन। यो त भ्रष्टाचार, कुशासन र अन्यायले थिचिएका नेपालीहरूको सामूहिक आक्रोश र नयाँ आशाको प्रतीक हो। यो ऊर्जा विश्वका ठूला नेताहरू नरेन्द्र मोदी वा डोनाल्ड ट्रम्पको सभामा देखिने जनलहरभन्दा कम छैन।
आगामी फागुन २१, २०८२ (मार्च ५, २०२६)मा हुने निर्वाचन केवल सामान्य मतदान होइन, यो त पुराना सिण्डिकेटहरू विरुद्धको अन्तिम फैसला हुनेछ। मधेशदेखि पहाडसम्म एउटै आवाज गुञ्जिरहेको छ— “अब उठ्छ मधेश, बदलिन्छ देश।” जनताको आँसु अब कमजोरी होइन, परिवर्तनको शक्ति बनेको छ। बालेन र रविको यो जोडीले नेपालको भविष्य नयाँ ढङ्गले लेख्ने निश्चित देखिन्छ।
प्रतिक्रिया