बालेन कुनै कच्चा खेलाडी हैनन् , झापा ५ मा चुनाव जित्न गएका हुन्

इनेप्लिज २०८२ फागुन ७ गते २:५० मा प्रकाशित

अहिले रास्वपाको देशभर जनलहर छ । अब पुराना किल्लाहरू भत्किँदैछन् र नयाँ इतिहास लेखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह कुनै ‘कच्चा खेलाडी’ होइनन्, बरु उनी त नेपाली राजनीतिको त्यो बुद्धिचालका गुरू हुन् जसको हरेक चालले पुराना दलका दिग्गजहरूको निद्रा हराम गरिदिएको छ।

आज उनी झापा क्षेत्र नम्बर ५ मा पुग्दा त्यहाँको भूगोल मात्र होइन, नेपाली जनताको मनोविज्ञान नै बदलिएको छ।

बालेन झापा ५ मा केवल चुनाव लड्न गएका होइनन्, उनी त दशकौ देखि नेपाली राजनीतिमा जरा गाडेर बसेको ‘अधिनायकवाद’ लाई चुनौती दिन र अपदस्त पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउन गएका हुन्। काठमाडौँको एमाले र कांग्रेसको ‘अभेद्य गढ’ भत्काएर केशव स्थापितजस्ता हस्तीलाई लज्जास्पद हार चखाएका बालेनको शब्दकोशमा ‘हार’ भन्ने शब्दै छैन।

विश्व प्रसिद्ध टाइम्स पत्रिकाले प्रभावशाली १०० व्यक्तिको सूचीमा राखेका यी युवा नेताको रणनीति यति दमदार छ कि उनले आफ्नै हजुरबुवा उमेरका नेतासँग लड्दा पनि विजयको दृढ संकल्प बोकेका छन्।

यदि उनले चाहेको भए जेन-जी आन्दोलनकै बलमा उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्न सक्थे। युवाहरूले उनलाई देशको बागडोर सम्हाल्न हारगुहार गरेका थिए। धरानका पूर्व नगर प्रमुख हर्क राई प्रधानमन्त्री बन्न काठमाडौँ धाइरहँदा, बालेनले भने ६ महिनाका लागि सत्ताको लोभ गरेनन्। उनले त बिरामी परेको देशको दीर्घकालीन उपचार खोजे। सुशिला कार्कीजस्ता निष्कलंक व्यक्तित्वलाई अघि सारेर उनले प्रमाणित गरे कि उनी पदका भोका होइनन्, बरु देश सेवाका भोका हुन्।

आज देशभरि रास्वपा र बालेनको पक्षमा जुन लहर आएको छ, त्यो अकल्पनीय छ। पुराना दलका केन्द्रीय सदस्य र पूर्व मन्त्रीहरू समेत आफ्नो पुरानो घर त्यागेर ‘घण्टी’ बोक्न लामबद्ध छन्। यो कुनै साधारण लहर होइन, यो त ३५ वर्षसम्म ठगिएका, आफ्ना सन्तानलाई खाडीको तातो बालुवामा पठाउन बाध्य पारिएका आमाबुबाहरूको आक्रोश र आँसुको ज्वालामुखी हो।

जब वृद्ध आमाहरूले बालेनको टाउकोमा हात राखेर “बाबु, तिमीले देश बचाउनुपर्छ” भन्दै रुन्छन्, तब त्यहाँ राजनीतिको भाषा सकिन्छ र भावनाको सागर उर्लिन्छ। आगामी फागुन २१, २०८२ (मार्च ५, २०२६)को निर्वाचन अब केवल मतपत्र खसाल्ने प्रक्रिया मात्र रहेन, यो त भ्रष्टाचार र अन्याय विरुद्ध नेपाली जनताले गर्ने अन्तिम फैसला हुनेछ।

मध्यरातसम्म पनि हजारौँको संख्यामा मानिसहरू बालेनलाई पर्खिरहेका हुन्छन्। हावाहुरी होस् वा पानी, जनताको यो विश्वासले एउटै सन्देश दिइरहेको छ— “अब अति भयो!” ३५ वर्षसम्म देश लुट्नेहरूका विरुद्ध आज जनताको आँसु शक्ति बनेर निस्किएको छ। बालेन शाहको यो ‘अभियान झापा’ ले नेपाललाई नयाँ युगमा लैजाने निश्चित छ।

प्रतिक्रिया