बालेन र रबिलाई भेट्दा धुरुधुरु रुदै भाबुक भएका दृश्यले सबैका आँखा रसाए,पुरै देश घन्टीमय बन्दै

फागुन २१ निर्णायक दिन — भ्रष्टाचार विरुद्ध जनताको अन्तिम फैसला, नयाँ नेपालको सुरुवात

विजय थापा २०८२ फागुन २ गते २:१९ मा प्रकाशित

रास्वपाका वरिष्ठ नेता बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने जहाँ जहाँ पुग्छन्, त्यहाँ त्यहाँ देखिने दृश्य सामान्य राजनीतिक कार्यक्रम जस्तो होइन, बरु भावनाले भरिएको जनसागर जस्तो देखिन्छ। महिलाहरु, आमाबुवा, हजुरबुवा–हजुरआमाहरु धुरुधुरु रुदै उनीहरूलाई अंगालो हाल्ने, टाउकोमा हात राखेर आशीर्वाद दिने र “देश बचाउनु छ” भन्दै गुहार माग्ने दृश्यले सबैको आँखा रसाएको छ।

उनीहरूलाई भेट्नेबित्तिकै मानिसहरू भावुक बन्छन्। धेरै आमाहरू भन्छन्, “तिमीहरू हाम्रो छोरा हौ, देश तिमीहरूले हाक्नुपर्छ।” बालबालिकासमेत उनीहरूलाई देख्दा खुसी र भावनाले भरिन्छन्। हालै पाल्पामा एक महिलाले रुदै रवि लामिछानेको पक्षमा नारा लगाएको दृश्य सामाजिक सञ्जालमा ब्यापक(भाइरल )बनेको थियो। उनको आँसु ,चिच्याहट र शब्दले हजारौं मानिसलाई भावुक बनायो।

जनताले आफ्ना पीडा खुलेर सुनाउँछन्— “तिमीलाई ब्रह्मलुट गर्नेले दुःख दिए, राजनीतिक प्रतिशोध साधियो, तर जनता तिम्रा साथमा छन्।” जेल सरुवा र अन्य घटनाहरू सम्झँदै उनीहरूले रविप्रति अगाध माया र भरोसा व्यक्त गर्छन्। “हाम्रा सन्तान विदेश नजाउन्, भ्रष्टचारीलाई दण्ड गर, देश लुट्नेहरूलाई सजाय देऊ,” भन्ने आवाज हरेक आमसभामा गुञ्जिन्छ।

हावा, हुरी, वर्षा, घाम, राती वा मध्यरात— केहीको परवाह नगरी हजारौं मानिस उनीहरूलाई भेट्न पुगिरहेका छन्। सामाजिक सञ्जालमा हजारौं श्रब्यदृश्य (भिडियो) र तस्वीर देखिएका छन्, जसले धेरैको मन छोएको छ। देख्ने जो कोही पनि भावुक नभई बस्न सक्दैन। यस्तो दृश्य जीवनकालमै दुर्लभ हुन्छ, सायद १०० वर्षमा एकपटक मात्र देख्न पाइने खालको।

राष्ट्रिय स्वतन्त्र पार्टी(दल)का कार्यक्रममा देखिएको यो जनलहरले पुराना दलहरूलाई समेत झस्काएको छ। कतिपयले “भिडले चुनाव जितिँदैन” भन्दै आलोचना गरे पनि, यो भीड पैसाले जम्मा गरिएको होइन, यो ३५ वर्षसम्म ठगिएका जनताको आक्रोश, पीडा र नयाँ आशाको प्रतीक हो।

दृश्य हेर्दा विश्वका ठूला नेताहरूका चुनावी सभाको झल्को आउँछ। कतिपयले यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशाल सभासँग तुलना गरेका छन् । जनसंख्याको आधारमा यो अझ धेरै समर्थन हो । तर यहाँको ऊर्जा अझ फरक छ— यहाँ जनताको सच्चा माया, विश्वास र परिवर्तनको चाहना छ।

आगामी फागुन २१, २०८२ (मार्च ५, २०२६) मा हुने निर्वाचन केवल मत हाल्ने दिन मात्र होइन, यो त भ्रष्टाचार, कुशासन र अन्याय विरुद्ध नेपाली जनताको अन्तिम फैसला हो। लाखौं आमाबुबाको आशीर्वाद, युवाको उत्साह र जनताको अटल भरोसाले अब देशले नयाँ दिशा लिने विश्वास बढेको छ।

आज देशभर एउटै आवाज सुनिन्छ— परिवर्तन चाहिन्छ। र त्यो परिवर्तनको केन्द्रमा बालेन र रवि छन्। जनताको आँसु अब कमजोरी होइन, शक्ति बनेको छ। यही शक्तिले अब नेपालको भविष्य लेख्नेछ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया