
आगामी फागुन २१ का दिन हुने मध्यावधि चुनावको कारण नेपालको राजनीतिमा यतिबेला एउटा यस्तो सुनामी आएको छ, जसले विगत ३५ वर्षदेखि सत्तामा रहेका पुराना दलहरूको जग नै हल्लाइदिएको छ।
आगामी फागुन २१, २०८२ (मार्च ५, २०२६) का दिन हुने निर्वाचन केवल मत हाल्ने दिन मात्र होइन, यो त भ्रष्टाचार र कुशासन विरुद्ध नेपाली जनताले गर्ने अन्तिम फैसला हो। र, यो परिवर्तनको केन्द्रमा छन्— रास्वपाका वरिष्ठ नेता बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने।
विश्व नेताहरूलाई पनि माथ दिने जनलहर अहिले बालेन शाह जहाँ पुग्छन्, त्यहाँ मानिसहरूको यस्तो विशाल उपस्थिति हुन्छ कि सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न समेत मुस्किल परिरहेको छ। यो दृश्य देख्दा अमेरिकाका डोनाल्ड ट्रम्प वा भारतका नरेन्द्र मोदीको चुनावी सभाको झल्को आउँछ। यो कुनै पैसाले जम्मा पारिएको भिड होइन, यो त ३५ वर्षसम्म ठगिएका जनताको आक्रोश र नयाँ आशाको प्रमाण हो। १०० वर्षका वृद्धदेखि बिधालयका विद्यार्थीसम्म सबैको मुखमा एउटै नाम छ— बालेन शाह र रबि लामिछाने । यिनीहरु दुवै बालेन दाई र रबि दाईले पनि त्यतिकै परिचित छन् ।
नेता परिवर्तन र भ्रष्टाचार विरोधी जेन-जी आन्दोलनमा ७६ जना वीर नेपाली युवाहरूले ज्यान गुमाए। तत्कालीन सरकारको दमन र अपदस्त प्रधान मन्त्री केपी ओलीलाई उदग्रबिमान (हेलिकप्टर)बाट उद्धार गर्नुपरेको त्यो दिन जनताले अझै भुलेका छैनन्। तिनै ७६ शहीदको सपना साकार पार्न अहिले सारा देश रबि बालेनको पछाडि उभिएको छ। अर्थात देश घन्टीमय बनेको छ ।
झापा-५ मा ओली बिरुद्ध बालेनको महाभिडन्त हुदैछ । मत सर्वेक्षण र स्थलगत अन्तर्वार्ता र कुराकानीका अनुसार सबैले बालेनले बाजी मार्ने भविष्यबाणी गरेका छन् । ओली बिरुद्ध बालेन मैदानमा छन् । काठमाडौँमा जादुमयी काम गरेर देखाएका बालेन शाह अहिले राष्ट्रिय स्वतन्त्र पार्टी(दल)बाट प्रधानमन्त्रीको मुख्य उम्मेदवारका रूपमा अघि सरेका छन्। उनले नेकपा एमालेका अध्यक्ष उनको किल्लामै केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा सिधै चुनौती दिएका छन्। विरोधीहरूले “भिडले चुनाव जितिँदैन” भनेर मजाक उडाए पनि, बालेनको पक्षमा देखिएको यो जनलहरले पुराना दलहरूमा ढ्याङ्ग्रो ठोकिएको छ।
यही फागुन ६ गते कैलालीको धनगढी (पशुपति टोल) मा रवि लामिछाने र बालेन शाहले विशाल जनसभालाई सम्बोधन गर्दैछन्। मधेशदेखि सुदूरपश्चिमसम्म अहिले ‘घन्टी’को लहर छाएको छ। जनता अब भाषण होइन, विकास र सुशासन चाहन्छन्। फागुन २१ ले तय गर्नेछ कि अबको नेपालको कमान्ड बालेन शाह जस्ता सक्षम युवाको हातमा पुग्नेछ।

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया