
नेपालको राजनीतिमा अहिले परिवर्तनको ठूलो आँधी चलेको छ। दशकौँ देखि सत्तामा जरा गाडेर बसेका पुराना दल र नेताहरूलाई जनताले अब अस्वीकार गर्न थालेका छन्। भ्रष्टाचार, ढिलासुस्ती र खाली भाषणबाट आजित नागरिकहरू अब काम गर्ने नेता खोजिरहेका छन्।
यही समय रास्वपाका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछाने जनताको भरोसाका दुई बलिया खम्बा बनेका छन्। उनीहरू जहाँ पुग्छन्, त्यहाँ आशा, उत्साह र जनसागर देखिन्छ। सडक, चोक र गल्लीमा एउटै नारा सुनिन्छ — “अब घण्टी बज्छ, देश बदलिन्छ!”
बालेनको इमानदार नेतृत्व, कडा निर्णय र सुशासनको अभ्यासले काठमाडौंमा नयाँ उदाहरण बनायो। रविको भ्रष्टाचारविरोधी अभियानले युवालाई जागृत बनायो। यही कारण हजारौँ युवा, विद्यार्थी र पेशाकर्मी रास्वपामा जोडिँदै छन्।
कतिपय आमाबुबा आफ्ना छोराछोरीलाई भन्छन्, “यसपटक सही नेता रोज।” धेरैको आँखामा आशाको आँसु देखिन्छ। देश बदलिने विश्वासले जनताको मन छोएको छ।
विश्लेषकहरू भन्छन्, यदि यही लहर कायम रह्यो भने आगामी चुनावमा दुई तिहाइ बहुमत सम्भव छ। अबको चुनाव केवल मत हाल्ने दिन होइन, यो त नयाँ इतिहास लेख्ने अवसर हो।
पुरानो राजनीति सकिँदैछ। नयाँ नेपाल बनाउँदैछ — बालेन र रविको जुगलबन्दी।

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया