
काठमाडौं। देशको राजनीतिमा चुनाव नजिकिँदै गर्दा ठूलो हलचल देखिएको छ। काठमाडौं महानगरमा सुशासनका कारण लोकप्रिय बनेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा )का वरिष्ठ नेता बालेन शाहले झापा–५ बाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि पुराना दलहरू दबाबमा परेका छन्।
विशेषगरी बालेनको बढ्दो जनसमर्थनले एमालेभित्र चिन्ता बढाएको छ। जहाँ–जहाँ बालेन पुग्छन्, त्यहाँ हजारौँ मानिस स्वतःस्फूर्त रूपमा भेला हुने गरेका छन्। मानिसहरू छत र रुखमा चढेर उनलाई हेर्न उत्साहित देखिन्छन्। यो भीड कुनै पैसाले ल्याइएको नभई परिवर्तनको चाहनाले आएको जनलहर मानिएको छ।
यता, प्रधानमन्त्री सुशीला कार्कीले भने तोकिएकै मितिमा चुनाव हुने स्पष्ट पारेकी छन्। मतपत्र छपाइस्थलको अनुगमनपछि उनले ८० हजार सेना खटाइसकिएको बताउँदै सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइन्। “निर्वाचन निष्पक्ष र भयरहित हुन्छ, ढुक्क हुनुस्,” उनले आग्रह गरिन्।
त्यस्तै नेपाली कांग्रेसले पनि कुनै दल सँग चुनावी गठबन्धन नगर्ने घोषणा गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको बताए।
यसैबीच, ओलीले भने झापा–५ मा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्। उनले आफू त्यहीँको स्थानीय बासिन्दा र विकास गर्ने नेता भएको भन्दै जनताले साथ दिने विश्वास व्यक्त गरे। तर, बालेनको बढ्दो लोकप्रियताका कारण ओली संसद पुनर्स्थापनाको मुद्दा उठाउँदै फेरि सत्तामा फर्किने प्रयासमा रहेको चर्चा छ।
बालेनले अपदस्त केपी शर्मा ओलीकै किल्ला तोड्ने लगभग निश्चित भए पछि ओली निर्वाचन भन्दा पनि संसद पुनर्स्थापनामा खुलेर लाग्न थालेका हुन् । उनका हनुमान महेश बस्नेत पनि घन्टीले सुनामी ल्याउने र जताततै घन्टीमय बन्दै गर्दा संसद पुनर्स्थापनामा जोड दिन थालेका छन् ।
रास्वपा यही रफ्तारमा दौडिने क्रम जारी रहे नेकपा एमालेले ठूलो पराजय भोग्ने अवस्था बन्दै गएको छ । ओली र बस्नेत सर्वोच्च अदालतलाई दोषारोपण गर्दै यता अदालतको फैसला आए भने पुन सत्तामा जाने दिवा सपना देखि रहेका छन् ।
जेनजी आन्दोलनद्वारा फ्याकिएका अझै संसद पुनर्स्थापनाको प्रतिक्षामा रहेका छन् । सर्वेक्षण र स्थलगत कुराकानी अनुसार बालेनले बाजी मार्ने देखिएको र अपदस्त ओली निकै आत्तिएका छन् ।

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया