एनपिपिएको ८ औँ युवा नेटवर्किङ कार्यक्रम हुदै

इनेप्लिज २०८२ माघ १९ गते १५:४५ मा प्रकाशित

अमेरिकामा एनपिपिएको ३५ बर्ष अगाडी स्थापित भएको नेपा पास पुच अमेरिकाए (एनपिपिए)ले ८ औँ युवा नेटवर्किङ कार्यक्रम गर्ने भएको छ । यो कार्यक्रम आगामी मॅगलवार राती फेव्रुअरी ३ ,राती ८ः३० बजे ( पूर्विय समय ) का दिन आयोजकसॅग कुराकानी गरिने छ । यसवारे समूदायलाई जानकारी दिइने छ ।

यो कार्यक्रम आगामी फेब्रुअरी २१ का दिन मेरिल्याण्डको ट्विनब्रुक पुस्तकालयमा बिहान ११-२ बजे हुनेछ ।

यस कार्यक्रममा अमेरिकाका विभिन्न क्षेत्रमा स्थापित आफ्नो क्षेत्रमा नाम कमाएका ५ जना मुख्य वक्ताहरूले सहाभागिता जनाउने भएका छन् ।

मुख्य वक्ताहरूमा भास्कर जोशी रहने छन् उनि २० वर्षभन्दा बढी अनुभव भएका ‘डेटा आर्किटेक्ट’ अर्थात् तथ्यांक अभियन्ता हुन् ।

त्यस्तै अर्का वक्ता अमित न्यौपाने हुन् उनि एक ‘जियोटेक्निकल इन्जिनियर’ हुन् जसले माटो र जगको परीक्षण गरी सुरक्षित भवन र संरचना बनाउन मद्दत गर्दछन् ।

*त्यस्तै डा. टेक एन. लामिछाने अर्का मुख्य वक्ता रहेका छन् । उनि एफडिएका सहायक निर्देशक हुन् । उनि बिरामीहरूले प्रयोग गर्ने स्वास्थ्य उपकरणहरू सुरक्षित छन् कि छैनन् भनेर जाँच्ने काम गर्दछन् ।

अर्का मुख्य वक्तामा कृष्ण श्रेष्ठ पनि रहेका छन् सन् १९८६ देखि हवाई जहाज उडाउन थाल्नुभएका एक अनुभवी बिमान चालक रहेका छन् । उनले इन्डियन एयरलाइन्स, नेकोन एयर र माउन्टेन एयर हुँदै अहिले अमेरिकाको ‘युनाइटेड एयरलाइन्स’मा काम गरि रहेका छन् ।

त्यस्तै अर्की मुख्य वक्ता राजश्री श्रेष्ठ रहेकी छन् । उनि ‘मिसेस टुरिजम युएसए युनिभर्स २०२४’ कि विजेता हुन् । उनि एक उद्यमी र युवाहरूका लागि आवाज उठाउने सामाजिक अभियन्ता पनि हुन् ।

यो छलफल तथा कार्यक्रममा एनपिपिए कै पूर्व अध्यक्ष तथा अभियन्ता राजु जोशीले गर्ने छन् । उनि सूचना प्रविधि क्षेत्रमा २६ वर्षभन्दा बढी अनुभव भएका एक उच्च पदस्थ अधिकारी हुन् ।

यो कार्यक्रम विशेषगरी युवाहरूलाई नयाँ कुरा सिकाउन, सही मार्गनिर्देशन दिन र ठूला मान्छेहरूसँग सम्बन्ध विस्तार गर्न आयोजना गरिएको हो।

प्रतिक्रिया