“पुराना दलप्रति आक्रोश, नयाँ पुस्ताप्रति आशा – बालेन शाहले बदल्दैछन् नेपालको राजनीति”

विजय थापा २०८२ माघ १८ गते २२:१४ मा प्रकाशित

नेपालको राजनीति अहिले एउटा यस्तो मोडमा आइपुगेको छ, जहाँ इतिहास र भविष्यबीच ठूलो टक्कर हुँदैछ। आगामी फागुन २१ (मार्च ५, २०२६) नेपालको लागि एउटा साधारण दिन मात्र हुनेछैन। यो दिन नेपाली जनताले, विशेषगरी ‘जेन-जी’ भनिने नयाँ पुस्ताले देशलाई कुन बाटोमा लैजाने भन्ने अन्तिम फैसला गर्नेछन्।

७० वर्ष र उही अनुहार नेपालको विगत ७० वर्षको राजनीतिक इतिहास हेर्ने हो भने नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी (बामपन्थी दल)हरूले धेरै पटक सरकार बनाए। प्रजातन्त्र आएपछि मात्रै कांग्रेसले झण्डै १५ वर्ष शासन गर्यो।

गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मका नेताहरू पटक-पटक प्रधानमन्त्री बने। शेरबहादुर देउवाको महलमा अरब रुपैया भेटियो र ३ दिन सम्म जल्दा पनि सकिएन ।

देउवा र उनकी पत्नी आरजु राणा महाभ्रष्ट भएको संसारले देख्यो । तर अहिले नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगन थापाले बिशेष महाधिवेशनबाट देउवालाई मिल्काई दिएका छन् ।

अहिलेको नेपाली कांग्रेस बदलिएको छ । तर नेकपा एमालेमा नेतृत्व परिवर्तन भएन । अपदस्त पूर्व प्रधानमन्त्रि बिमानबाट सैनिक छाउनी पसेका केपी शर्माओली फेरी प्रधानमन्त्री बन्ने शुरमा छन् ।

तर, ३५ वर्षको यो ‘लुटतन्त्र’ ले जनतालाई के दियो? बेरोजगारी, भ्रष्टाचार र विदेशिनु पर्ने बाध्यता। ठूला दलहरूले पालैपालो कुर्सीमा बसेर शासन त गरे, तर गरिबको जीवन कहिल्यै बदलिएन।

जेन-जी आन्दोलन र ७६ सहिदको बलिदान केही समयअघि नेपालका युवाहरूले देशमा सुशासन र रोजगारीको माग गर्दै ‘जेन-जी’ आन्दोलन सुरु गरे। यो आन्दोलनले सारा संसारलाई चकित पारिदियो। तर, यसको मूल्य धेरै महँगो पर्यो।

तत्कालीन सरकारको नेतृत्व गरिरहेका अपदस्त पूर्व प्रधानमन्त्रीओलीको पालामा सुरक्षाकर्मीको कारबाहीमा परी ७६ जना निर्दोष युवा र विद्यार्थीहरूले ज्यान गुमाए।

आन्दोलन यति शक्तिशाली थियो कि २७ घण्टाभित्रै सरकार ढल्यो र प्रधानमन्त्री ओलीलाई सेनाको हेलिकप्टर (उदग्रबिमान) बाट सुरक्षित ठाउँमा लैजानु पर्यो।

७६ जना सहिदको त्यो बलिदान अब खेर जानु हुँदैन भन्ने भावना अहिले हरेक नेपालीको मनमा छ।

परिवर्तनको नयाँ आशा अहिले नेपालभरि एउटै नामको चर्चा छ— बालेन शाह। ३५ वर्षका यी युवा, जो अभियन्ता (इन्जिनियर )र र्‍यापर अर्थात गायक पनि हुन्, उनले चुनावी प्रचारको शैली नै बदलिदिएका छन्।

उनी ठूला आमसभामा भाषण गर्दैनन्, बरु जनतासँग भेट्न उनि पूर्व देखि पश्चिम गए । जनताका समस्या सुन्छन्। काठमाडौँ महानगरको प्रमुख (मेयर )हुँदा एमाले र कांग्रेसको ‘किल्ला’ भत्काएका र केशव स्थापितलाई नराम्रो हराएका बालेन अहिले झापाबाट चुनाव लड्दै छन्। उनी प्रधानमन्त्रीको बलियो दाबेदारका रूपमा उदाएका छन्।

विभिन्न सर्वेक्षण र सामाजिक सञ्जालका तथ्याँक ,स्थलगत सर्वेक्षणहरूले यसपटक ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टी) को लहर आएको देखाएका छन्। अनुसन्धान अनुसार यसपटक घण्टीले ११० देखि १५१ सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ। घरदैलोमा जाँदा ८०% जनताले “हामी घण्टीमै भोट दिन्छौँ” भनिरहेका छन्।

यदि यो नतिजा आयो भने, वर्षौदेखि अदालतदेखि भन्सारसम्म जरो गाडेर गरेर बसेका मानिसहरूको सातो जानेछ।

फैसलाअब नेपाली जनताको हातमा छ । अझै पुराना नेताहरू छन्, जो फेरि शक्तिमा आउन चाहन्छन्। अर्कोतिर बालेन शाह जस्ता जोसिला युवाहरू छन्, जसले नयाँ नेपालको सपना बोकेका छन्।

यदि फेरि पुरानै नेतृत्व छानियो भने त्यो देशका लागि ठूलो दुर्घटना हुनेछ। तर यदि जनताले बालेनलाई जिताए भने, त्यो ती ७६ सहिदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

फागुन २१ केवल एउटा निर्वाचन होइन, यो नयाँ राजनीति र युवाको भविष्यको सुरुवात हो। अब बालेनलाई रोक्न कसैले सक्दैन, किनकि समय बलवान् छ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया